२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रध्यापक कुट‍्ने विद्यार्थीलाई कारबाही नहुँदासम्म आरआरमा पठनपाठन नहुने !

२०७८, ६ पुष मंगलवार ११:४९

पुस ६, काठमाडौँ | प्रध्यापकमाथि कुटपिट भएकाे विरोधमा प्राध्यापकहरूले पठनपाठन ठप्प पार्ने भएका छन्।

क्याम्पसका प्राध्यापक संघ, प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म अध्यापन नगर्ने निर्णय गरेका हुन्।

शैक्षिकस्थलमा प्राध्यापकहरू असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने निर्णय गरेका छन्।

रत्नराज्यलक्ष्मी क्याम्पसमा आज बिहान प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट भएको थियो।

उनलाई एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु  बताउने विद्यार्थी कुबेर जेठाराले कुटपिट गरेका हुन्। परीक्षा चलिरहेका बेला उनले प्राध्यापक पुडासैनीमाथि कुटपिट गरेको क्याम्पसका उपप्रमुख गोविन्दराज आचार्यले जानकारी दिए।

चिट नचोर्न आग्रह गर्दा भएको विवादपछि कुटपिट भएको बताइएको छ। रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए। चिट चोर्न रोक्दा ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बीएएसडब्लू) दोस्रो वर्ष अध्ययनरत कुवेर जेठाराले पुडासैनीमाथि आक्रमण गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते