२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५८ लाखमा आफैंलाई बिक्री गर्न खाेजेपछि…

२०७८, ७ पुष बुधबार ०७:३८

एजेन्सी | एक २६ वर्षीय नाइजेरियाली केटोले आफूलाई नै बिक्री गर्न खोज्दा पक्राउ परेका छन्।  जीवन जिउनका लागि पैसा चाहिन्छ तर पैसाका लागि आफूलाई नै बिक्री गर्ने कसरतमा जुटेका ती युवा अन्ततः पक्राउ परेका हुन्।

हिस्बाहमने रुपमा चिनिएको इस्लामिक प्रहरीले आफूलाई २ करोड नाइजेरियाली नारा अर्थात् ५८ लाख रुपैयाँमा बिक्री गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको हो । अलियु ना इड्रिसले सुरुमा राष्ट्रिय संचार माध्यममा अक्टोबरको अन्त्यमा शीर्षक पाए । उक्त समयमा उनी कारो नामको सडकमा बिक्रीको कार्डबोर्डसहित हिँडिरहेको देखिएका थिए । उनले कार्डबोर्डमा ‘दिस म्यान इस फर सेल २००००००० एन’ लेखेका थिए ।

उक्त समयमा उनले सूचीकारको रुपमा काम गर्दै आएका थिए । पहिलो पटक उनले आफूलाई कादुना नामको शहरमा बिक्री गर्ने प्रयास गरेका थिए । तर, आफू बेचिन सफल भएनन् । पछि पुनः गरिबीको कारण देखाउँदै उनले आफूलाई बिक्रीको प्रयास गरे । उनले आफू बेचिएपछि यसबाट आएको पैसा आफ्ना अभिभावकलाई दिने र बाँकी आफ्नो दैनिक खर्चका लागि राख्ने बताएका छन् ।

‘आफूलाई बिक्री गर्ने निर्णय गरिबी हो,’ अलियूले बताए । ‘मैले मलाई किन्ने मानिस पाए भने मेरा अभिभावकलाई १ करोड नारा दिनेछु र ५० लाख नारा सरकारलाई करको रुपमा दिनेछुु । मलाई किन्ने मानिस फेला पार्न सहयोग गर्नेलाई २० लाख नारा दिनेछु । बाँकी दैनन्दिनी खर्चका लागि राख्नेछु ।’

२६ वर्षीय उनले आफूलाई किन्ने केही इच्छुक व्यक्ति फेला पारको बताएका छन् । उनीहरु २ करोड नाराको रकममा मात्रै सहमत नभएको उनले बताए । दुःखको कुरा उनी आफ्नो योजना अनुसार अगाडि बढ्न सकेनन् । उनको इच्छा भाइरल भएसँगै उनलाई हिस्बाहको ब्रिगेडले इस्लामको नियम उल्लंघन गरेको आरोप लगाएका छन् ।

‘हो, हामीले उनलाई मंगलबार पक्राउ गरेका छौँ र रातभरी हामीसँगै राखेका छौँ । उनले जे गरे त्यो इस्लाममा प्रतिबन्धित छ । कसैले पनि आले आफूलाई​ बिक्री गर्न पाउँदैनन् । अवस्था जेसुकै होस् यसले कुनै अर्थ राख्दैन,’ हिस्बाहका कमान्डर हरुन इब्न सिनाले बीबीसीलाई बताए ।

उनको पक्राउप्रति अनलाईनमा आक्रोश व्यक्त भएको छ । धेरै मानिसहरुले उनलाई छोड्नका लागि आग्रह गरेका छन् । इस्लामिक प्रहरीले उनलाई पक्राउ गर्नु अनावश्यक भएको बताइएको छ । यसको सट्टा केही सल्लाह दिनु पर्ने धारणा उनीहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने