पढ्न करिब 1 मिनेट लाग्छ

पुस ७, काठमाडौँ | प्रदेश-१ लोकसेवा आयोगले पहिलो पटक अप्राविधिक कर्मचारीको विज्ञापन खुलाएको छ। स्थानीय तहमा पदपूर्तिका लागि सहायक चौथो र पाँचौं तहका लागि विज्ञापन खुला गरेको हो। पुस ५ गते प्रकाशित गरेको विज्ञापनमा जम्मा २७३ कर्मचारी माग गरिएको छ।

आयोगले सहायक पाँचौं तहका लागि खुला तर्फ १५१ र आन्तरिक प्रतिस्पर्धामा २२ जनाका लागि विज्ञापन खुलाएको छ। सहायक चौथो तहमा एक सय कर्मचारी माग गरेको छ। यी कर्मचारी स्थानीय तहमा खटिनेछन्। पहिलो पटक खुला गरेको अप्राविधिक तर्फको विज्ञापनबाट छनोट भएका कर्मचारी स्थानीय तहमा खटिनेछन्।

प्रदेश-१ लोकसेवा आयोग विराटनगरका सूचना अधिकारी केदारनाथ रिजालले पहिलो पटक अप्राविधिक तर्फ विज्ञापन खुला भएको जानकारी दिए। उनका अनुसार कृषि, भेटनरी, शिक्षा प्राविधिक, इन्जिनियरिङलगायत प्राविधिक तहका लागि विज्ञापन खुलाएको थियो।

प्रशासन सहायक, लेखा सहायक, आन्तरिक लेखा परीक्षण सहायक, महिला विकास निरीक्षक, सहायक चौथोलगायत पदका लागि विज्ञापन खुलाएको हो। आयोगको विज्ञापन अनलाइनबाट भर्न सकिनेछ।