2026-06-16 11:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

2021-12-23

पुस ८, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ। त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेर कारबाहीको चेतावनी दिएको हो।

सूचनामा भनिएको छ, ‘विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी निर्वाचन वा विधान अधिवेशनमा प्रतिनिधिका रूपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐन विपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुन सूचित गरिन्छ।’

‘अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रिवि नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। त्रिविले राष्ट्रिय वा स्थानीय तहका कुनै राजनीतिक निर्वाचनमा उम्मेदवार वा प्रतिनिधि नबन्न भनेको छ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ