२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक सेवा आयाेगको विज्ञापन खारेज गर्न माग

२०७८, ८ पुष बिहीबार ०८:२२

 पुस ८, काठमाडौँ | नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता साहले त्यसलाई संशोधन या खारेज गर्न माग गरेका हुन् ।

‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ,’ उनले आफ्नो फेसबुकमार्फत् भनेका छन्, ‘प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य/स्वाभाविक मान्न सकिँदैन ।’

शिक्षक सेवा आयाेगले निमावि तहमा २ हजार ५९८ शिक्षकका लागि विज्ञापन खुल्ला गरेको छ । साे विज्ञापनमाथि असन्तुष्टि व्यक्त गर्दै नेता साहले खारेज गर्न वा संशाेधन गर्न माग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते