२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघे सङ्क्रान्ति मेला: देवघाट स्नानका लागि यातायात बन्द गरिने

९ पुष २०७८, शुक्रबार ०२:५७

पुस ९, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ । मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सङ्क्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको छ । 

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको देवघाटधाममा हरेक वर्षको माघे सङ्क्रान्तिमा लाखौँ भक्तजन स्नानका लागि आउने गर्दछन् । स्नानका लागि आउने तीर्थयात्रीको सहजताका लागि यही पुस ३० गते बिहानैदेखि उक्त स्थानमा सवारीसाधन निषेध गरिएको छ । देवघाटको झोलुङ्गे पुल जीर्ण भइसकेकाले सो पुलमा पुस ३० गतेदेखि नै सवारीसाधनलाई निषेध गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनुभयो । 

देवघाटको बेणी सङ्गममा स्नान गर्न चितवन, तनहुँ र नवलपुरबाट जान मिल्ने भए पनि चितवनबाट बाटो सहज हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गरिने घिमिरेको भनाइ छ । त्रिशूली तथा कालिगण्डकी नदी तरेर सङ्गम स्थल पुग्नका लागि प्रति व्यक्ति रु ३० भन्दा बढी पैसा लिन नपाउने गरी क्षेत्र विकास समितिले शुल्क तोकेको घिमिरेले जानकारी दिनुभयो । देवघाटमा माघे सङ्क्रान्ति स्नानका लागि पुस मसान्तदेखि नै नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् । 

गत वर्ष कोरोना कहरका कारण देवघाटमा स्नान गर्न प्रतिबन्ध गरिएकामा यस वर्ष भने देवघाट स्नानलाई व्यवस्थित पारिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार देवघाट स्नानका लागि बेणी सङ्गम तथा चितवन र नवलपुरको किनारमा क्षेत्र निर्धारण गरिएको छ । स्नानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिने भन्दै अन्य सुरक्षाका लागि तीन वटै जिल्लामा नेपाल प्रहरीका सुरक्षाकर्मी परिचान हुने अधिकारीले बताउनुभयो ।

मेलालाई व्यवस्थित गर्न २० वटा उपसमिति गठन गरिएको छ । स्वयंसेवक सेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन तथा सरसफाइ, खानेपानी व्यवस्थापन, प्राथमिक उपचार, बिजुली बत्ती, डुङ्गा व्यवस्थापनलगायत उपसमिति गठन गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ