२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको प्रतिवेदनमाथी के भने प्रतिनिधिले ?

२०७८, १४ पुष बुधबार ०६:१४

पुस  १४, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ।

बन्दसत्रमा सवा दुई घण्टा लगाएर प्रचण्डले वाचन गरेको प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिले २५ वटा समूह बनाएर छलफल तथा सुझाव राखेका छन्। मंगलबार दिनभर भएको छलफलमा प्रतिनिधिले केही गम्भीर विषय उठाएका छन्। धेरै प्रतिनिधीले प्रतिवेदन सान्दर्भिक भए पनि केही छुटेको र केही अनावश्यक कुरा परेको भन्दै संशोधन गर्न सुझाएका छन्।

नेता राम कार्कीले त पुरक प्रतिवेदन नै प्रस्तुत गरेका छन्। सात वटा प्रदेश, केन्द्रीय सल्लाहकार, आयोग, प्रवासको छुट्टाछुटटै समूहमा प्रतिवेदनमाथि उठेका विषयमा साम्राज्यवाददेखि धनाढ्य र यौन अनैतिकतामा कठोर सजायदेखि एमसीसी खारेजीसम्म छन्।

केही प्रतिनिधिले प्रचण्ड परिवारवादबाट बाहिर आउनुपर्ने सुझाव दिएका छन्। परिवारवादमा फस्दा कार्यकर्तासँग सम्वाद टुटेको र पार्टी कमजोर भएको निष्कर्ष सुनाउने पनि समूहगत छलफलमा भेटिए।

भारतप्रति किन मौनता ?

बागमती र कर्णाली प्रदेशको छलफलमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भारत’दयगतको मौनतामाथि प्रश्न उठ्यो। ‘भारत’दयगत बोल्नुपर्छ । सीमा विवादको कुरा छ। चुच्चे नक्साको अपनत्वको कुरा। भारत र अमेरिकालाई हामीले विस्तारवादी र साम्रज्यवादी भनेर एउटै टोकरीमा राख्दै आएको हो । अहिले के हो यो ? भारतप्रति हाम्रो दृष्टिकोण बदलिएको हो ?’ प्रतिनिधिले सोधेको प्रश्नलाई उद्धृत गर्दै एक प्रतिनिधिले न्युज कारखानालाई सुनाए। छलफलका क्रममा केही प्रतिनिधिले भने अध्यक्षले सन्तुलित परराष्ट्र नीतिलाई प्रतिनिधित्व गर्दै दस्तावेजमा लेखेको ठिक रहेकाले टिप्पणी गर्न हुँदैन भन्ने बचाउ धारणा राखेका थिए।

बागमतीको समूहगत छलफलमा प्रचण्डपथको एजेण्डा पनि उठ्यो। यसलाई संश्लेषण गरेर प्रचण्ड विचारधारा भन्नुपर्ने प्रस्ताव आयो। ‘अहिले नयाँ विचार आएको छ। प्रचण्डपथलाई संशोधन गरेर प्रचण्ड विचारधारा भनेर जाउ । यसले गर्दा माओवादी एक हुन्छ। प्रचण्डको नेतृत्वमा सबै गोलबन्द भएर जान तयार छन्,’ प्रतिनिधिका सुझाव थिए। बागमतीका प्रतिनिधिले कार्यकारी प्रमुखको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाए। ‘संविधान संशोधनको विषयलाई नेतृत्व गरेर जानुपर्छ। त्यो हाम्रो भोट हो। भोट ब्यांकलाई छोड्नु हुँदैन,’ प्रतिनिधिहरुको भनाइ थियो।

माधव नेपाल समेटदा उपेन्द्र किन छुटे ?

प्रतिनिधिले माधव नेपाल समेट्दा उपेन्द्र यादवलाई किन छुटाइयो भनेर पनि प्रश्न गरेका थिए। ‘माधव नेपालको नाम आउँदा उपेन्द्र यादवको नाम किन आएन ? माधव नेपालसँग सहकार्य गर्ने प्रष्ट नीति छ भन्ने अनि पूर्वमाओवादी पृष्ठभूमिका उपेन्द्रको जसपासँग छैन ?’ प्रतिनिधिका प्रश्न थिए।

माओवादी, नेकपा एस र जसपा आगामी चुनाव मिल्ने उनीहरुको बुझाई थियो। त्यसैले उपेन्द्रलाई पनि समावेश गर्नुपर्ने उनीहरुको राय रह्यो। उपेन्द्रले महाधिवेशन उदघाटन समारोहमै आफू पहिला माओवादी भएको बताएका थिए। यो कुरालाई पनि प्रतिनिधिले स्मरण गराउँदै पूर्वमाओवादी उपेन्द्रलाई नराख्ने, पूर्वमाओवादी नभएका माधव नेपालको नाम राख्ने ? भनेर तर्क गरेका थिए।

एमसीसी सम्झौता खारेज गर्नुपर्ने

अधिकांश प्रतिनिधिले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए। बाहिर परिमार्जनको आवाज उठेका बेला माओवादी प्रतिनिधिले भने राष्ट्रिय स्वाधिनताका लागि एमसीसी घातक भएकाले खारेज नै गर्नुपर्ने तर्क राखे।

नेता खिमलाल देवकोटाले सार्वजनिक रुपमै दस्तावेज अन्योलता भएकाले पूर्ण संशोधन हुनुपर्ने तर्क गरे। उनले प्रतिवेदनमा विश्वका धनाड्यको सूची राखेकोमा पनि प्रश्न उठाए। ‘कम्युनिस्टको दस्तावेजमा धनाड्यको सूची किन राखेको रु’ उनले प्रश्न गरे।

‘यो दस्तावेज मनगणन्ते भयो। अहिलेका राजनीतिक दलको विश्लेषण छैन। वर्ग विश्लेषण छैन । समस्या छैन। समाजवादमा जाने नेपाली बाटो भनिएको छ। तर त्यो नेपाली बाटो के हो कसरी जाने, त्यो बाटोमा के हुन्छ, अवरोधहरु के के हुन्छन् त्यो स्थिति के हो रु माओवादीको बाटो के हो भन्ने क्लियर नभएको दस्तावेजलाई पूर्ण रुपमा संशोधन गर्नुपर्छ,’ देवकोटाको धारणा थियो।

बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने

विभागबाट प्रतिनिधित्व गरेका पर्साका एकजना प्रतिनिधिले अध्यक्षले यौन अनैतिकताको विषय उठाएको स्मरण गराउँदै यौन दुराचारी र बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने नीति लिनुपर्नेमा जोड दिए। प्रज्ञा प्रतिष्ठान र केही पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ। छलफल आज ११ बजेसम्म चल्ने र १२ बजे २५ वटै समूहले निष्कर्ष सुनाउनुपर्ने समयसीमा दिइएको छ। त्यसअगाडि विहान प्रज्ञा प्रतिष्ठानमै स्थायी कमिटी बैठक पनि बस्नेछ। स्थायी कमिटीमा नेतृत्व चयन, विधान मस्यौदालाई अन्तिम रुप दिने र पार्टी कमिटीलाई पूर्णता दिने एजेण्डामा छलफल हुने बुझिएको छ। राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ