३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको प्रतिवेदनमाथी के भने प्रतिनिधिले ?

१४ पुष २०७८, बुधबार ०६:१४

पुस  १४, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ।

बन्दसत्रमा सवा दुई घण्टा लगाएर प्रचण्डले वाचन गरेको प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिले २५ वटा समूह बनाएर छलफल तथा सुझाव राखेका छन्। मंगलबार दिनभर भएको छलफलमा प्रतिनिधिले केही गम्भीर विषय उठाएका छन्। धेरै प्रतिनिधीले प्रतिवेदन सान्दर्भिक भए पनि केही छुटेको र केही अनावश्यक कुरा परेको भन्दै संशोधन गर्न सुझाएका छन्।

नेता राम कार्कीले त पुरक प्रतिवेदन नै प्रस्तुत गरेका छन्। सात वटा प्रदेश, केन्द्रीय सल्लाहकार, आयोग, प्रवासको छुट्टाछुटटै समूहमा प्रतिवेदनमाथि उठेका विषयमा साम्राज्यवाददेखि धनाढ्य र यौन अनैतिकतामा कठोर सजायदेखि एमसीसी खारेजीसम्म छन्।

केही प्रतिनिधिले प्रचण्ड परिवारवादबाट बाहिर आउनुपर्ने सुझाव दिएका छन्। परिवारवादमा फस्दा कार्यकर्तासँग सम्वाद टुटेको र पार्टी कमजोर भएको निष्कर्ष सुनाउने पनि समूहगत छलफलमा भेटिए।

भारतप्रति किन मौनता ?

बागमती र कर्णाली प्रदेशको छलफलमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भारत’दयगतको मौनतामाथि प्रश्न उठ्यो। ‘भारत’दयगत बोल्नुपर्छ । सीमा विवादको कुरा छ। चुच्चे नक्साको अपनत्वको कुरा। भारत र अमेरिकालाई हामीले विस्तारवादी र साम्रज्यवादी भनेर एउटै टोकरीमा राख्दै आएको हो । अहिले के हो यो ? भारतप्रति हाम्रो दृष्टिकोण बदलिएको हो ?’ प्रतिनिधिले सोधेको प्रश्नलाई उद्धृत गर्दै एक प्रतिनिधिले न्युज कारखानालाई सुनाए। छलफलका क्रममा केही प्रतिनिधिले भने अध्यक्षले सन्तुलित परराष्ट्र नीतिलाई प्रतिनिधित्व गर्दै दस्तावेजमा लेखेको ठिक रहेकाले टिप्पणी गर्न हुँदैन भन्ने बचाउ धारणा राखेका थिए।

बागमतीको समूहगत छलफलमा प्रचण्डपथको एजेण्डा पनि उठ्यो। यसलाई संश्लेषण गरेर प्रचण्ड विचारधारा भन्नुपर्ने प्रस्ताव आयो। ‘अहिले नयाँ विचार आएको छ। प्रचण्डपथलाई संशोधन गरेर प्रचण्ड विचारधारा भनेर जाउ । यसले गर्दा माओवादी एक हुन्छ। प्रचण्डको नेतृत्वमा सबै गोलबन्द भएर जान तयार छन्,’ प्रतिनिधिका सुझाव थिए। बागमतीका प्रतिनिधिले कार्यकारी प्रमुखको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाए। ‘संविधान संशोधनको विषयलाई नेतृत्व गरेर जानुपर्छ। त्यो हाम्रो भोट हो। भोट ब्यांकलाई छोड्नु हुँदैन,’ प्रतिनिधिहरुको भनाइ थियो।

माधव नेपाल समेटदा उपेन्द्र किन छुटे ?

प्रतिनिधिले माधव नेपाल समेट्दा उपेन्द्र यादवलाई किन छुटाइयो भनेर पनि प्रश्न गरेका थिए। ‘माधव नेपालको नाम आउँदा उपेन्द्र यादवको नाम किन आएन ? माधव नेपालसँग सहकार्य गर्ने प्रष्ट नीति छ भन्ने अनि पूर्वमाओवादी पृष्ठभूमिका उपेन्द्रको जसपासँग छैन ?’ प्रतिनिधिका प्रश्न थिए।

माओवादी, नेकपा एस र जसपा आगामी चुनाव मिल्ने उनीहरुको बुझाई थियो। त्यसैले उपेन्द्रलाई पनि समावेश गर्नुपर्ने उनीहरुको राय रह्यो। उपेन्द्रले महाधिवेशन उदघाटन समारोहमै आफू पहिला माओवादी भएको बताएका थिए। यो कुरालाई पनि प्रतिनिधिले स्मरण गराउँदै पूर्वमाओवादी उपेन्द्रलाई नराख्ने, पूर्वमाओवादी नभएका माधव नेपालको नाम राख्ने ? भनेर तर्क गरेका थिए।

एमसीसी सम्झौता खारेज गर्नुपर्ने

अधिकांश प्रतिनिधिले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए। बाहिर परिमार्जनको आवाज उठेका बेला माओवादी प्रतिनिधिले भने राष्ट्रिय स्वाधिनताका लागि एमसीसी घातक भएकाले खारेज नै गर्नुपर्ने तर्क राखे।

नेता खिमलाल देवकोटाले सार्वजनिक रुपमै दस्तावेज अन्योलता भएकाले पूर्ण संशोधन हुनुपर्ने तर्क गरे। उनले प्रतिवेदनमा विश्वका धनाड्यको सूची राखेकोमा पनि प्रश्न उठाए। ‘कम्युनिस्टको दस्तावेजमा धनाड्यको सूची किन राखेको रु’ उनले प्रश्न गरे।

‘यो दस्तावेज मनगणन्ते भयो। अहिलेका राजनीतिक दलको विश्लेषण छैन। वर्ग विश्लेषण छैन । समस्या छैन। समाजवादमा जाने नेपाली बाटो भनिएको छ। तर त्यो नेपाली बाटो के हो कसरी जाने, त्यो बाटोमा के हुन्छ, अवरोधहरु के के हुन्छन् त्यो स्थिति के हो रु माओवादीको बाटो के हो भन्ने क्लियर नभएको दस्तावेजलाई पूर्ण रुपमा संशोधन गर्नुपर्छ,’ देवकोटाको धारणा थियो।

बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने

विभागबाट प्रतिनिधित्व गरेका पर्साका एकजना प्रतिनिधिले अध्यक्षले यौन अनैतिकताको विषय उठाएको स्मरण गराउँदै यौन दुराचारी र बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने नीति लिनुपर्नेमा जोड दिए। प्रज्ञा प्रतिष्ठान र केही पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ। छलफल आज ११ बजेसम्म चल्ने र १२ बजे २५ वटै समूहले निष्कर्ष सुनाउनुपर्ने समयसीमा दिइएको छ। त्यसअगाडि विहान प्रज्ञा प्रतिष्ठानमै स्थायी कमिटी बैठक पनि बस्नेछ। स्थायी कमिटीमा नेतृत्व चयन, विधान मस्यौदालाई अन्तिम रुप दिने र पार्टी कमिटीलाई पूर्णता दिने एजेण्डामा छलफल हुने बुझिएको छ। राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट