२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएको भन्दै नेविसङ्घको विरोध

२०७८, १६ पुष शुक्रबार ११:२९

पुस १६, काठमाडौँ | काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ ।

नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले मेडिकल कलेजले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरी विद्यार्थीलाई तत्काल अध्ययन गर्ने वातावरण निर्माण गर्न माग गर्नुभयो । “विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकै भरमा अध्ययनबाट बञ्चित गर्न मिल्दैन, विद्यार्थीलाई गालीगलौज र धम्की दिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यसअघि चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयले विद्यार्थीसँग बढी रकम नमाग्न यी कलेजलाई पटकपटक पत्राचार गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो