२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनताका साथी’सार्वजनिक

२०७८, १७ पुष शनिबार ११:५३

पुस १७, काठमाडौँ | काभ्रेपलाञ्चोकको जनपक्षीय नेताका रूपमा परिचित एवं समाजसेवी स्व शशिधर तिमल्सिनाको स्मृतिग्रन्थ ‘जनताका साथी’ नाक पुस्तक एक समारोहकाबीच आज बनेपामा सार्वजनिक गरिएको छ ।

स्मृतिग्रन्थको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशवप्रसाद बडाल र शिक्षाससेवी रामप्रसाद अधिकारीले संयुक्तरूपमा सार्वजनिकीकरण गर्नुभएको हो । तत्कालीन अवस्थामा वृक्षरोपण, सडक, शिक्षा र खानेपानी व्यवस्थापनका अगुवा नमोबुद्ध नगरपालिकाका स्व तिमल्सिनाको १४ वर्षअघि ८६ वर्षको उमेरमा निधन भएको थियो । स्मृतिग्रन्थमा २० व्यक्तिले शब्दमार्फत स्व तिमल्सिनाको व्यक्तित्वबारे चित्रण गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोग अध्यक्ष तिमल्सिनाले जातीय समावेशीता मात्र नभई बौद्धिक समावेशीतामासमेत जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जातीय समावेशीता छँदैछ, अब विषयगत बौद्धिकताको समावेशीता खोज्नुपर्छ, जसले समाज परिवर्तनमा अग्रणी भूमिका खेल्नेछ ।” जातीय समावेशीताले पाएको अवसरसँगै बौद्धिक समावेशीतालाई प्रवद्र्धन गर्नु सामाजिक दायित्व रहेको उहाँको धारणा थियो ।

शब्दयात्रा प्रशासनद्वारा प्रकाशित १४४ पृष्ठको उक्त पुस्तक सार्वजकिनीकरण कार्यक्रममा पूर्वमन्त्री बडाल, नेकपा (एकीकृत सामाजवादी)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजा, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, बेथानचोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, वनविज्ञ विजय पौडेल, साहित्यकार एवं भाषासेवी हरि मञ्जुश्रीलगायतले स्व तिमल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको सामाजिक कार्यको चर्चा गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने