MERN
Node 22MongoDB, Express, React, Node with Nginx reverse proxy & hot-reload dev workflow.
पुस १८, काठमाडौँ | प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित गरिएको हो।
यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७र७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्दै आएको छ।