पुस १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। शनिबार महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय सदस्य तथा पदाधिकारीको विषयमा छलफल गर्न बोलाइएको बैठक सकिएको हो।
गत आइतबारदेखि पार्टीको जारी महाधिवेशन केन्द्रीय सदस्य तथा पदाधिकारीको टुंगो लगाउन नसक्दा हालसम्म सकिएको छैन।
बैठकलगत्तै बन्दसत्र सुरु भएको छ। यसअघि आइतबारसम्म सहमतिमा केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने भन्दै शनिबारको बन्दसत्र स्थगित भएको थियो।