२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुलाई साइकल वितरण

१८ पुष २०७८, आईतवार ११:३५

पुस १८, काठमाडौँ | रत्ननगर नगरपालिका वडा नं ३ काे कार्यालयले सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्राहरुलाई साइकल प्रदान गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वन र वडाध्यक्ष भट्टराईले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले सामुदायिक विद्यालयमा पढ्ने नगर भित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताए । उनले सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अबस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई साइकल दिन सुरु गरिएको बताए ।  उनले आफ्नो बाबु नानीलाई निजी विद्यालयमा पाढाउने शिक्षकहरुलाई जागिर छाड्ने आग्रह समेत गरे ।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशब आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडा सदस्यहरु किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडा सचिव चन्द्रमणी आचार्य, विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालय स्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता