Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुलाई साइकल वितरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, काठमाडौँ | रत्ननगर नगरपालिका वडा नं ३ काे कार्यालयले सामुदायिक विद्यालयमा अध्यायन गर्ने छात्राहरुलाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभुत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।

सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न छात्राहरुलाई साइकल प्रदान गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वन र वडाध्यक्ष भट्टराईले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले सामुदायिक विद्यालयमा पढ्ने नगर भित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको बताए । उनले सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अबस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई साइकल दिन सुरु गरिएको बताए ।  उनले आफ्नो बाबु नानीलाई निजी विद्यालयमा पाढाउने शिक्षकहरुलाई जागिर छाड्ने आग्रह समेत गरे ।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशब आचार्य, कार्यपालिका सदस्य मीना गिरी, वडा सदस्यहरु किशोरबाबु पुरी, प्रेमकुमारी चौधरी, वडा सचिव चन्द्रमणी आचार्य, विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल, नेकपा एमालेका केवल न्यौपाने, नेपाली कांग्रेसका छविलाल घिमिरे, समाजसेवी उत्तम आचार्य, राजेन्द्र कोइराला, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, विद्यालय स्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडा लगायतको उपस्थिति रहेको थियो ।