पुस २१, इस्लामावाद (रासस/सिन्ह्वा) । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।देशको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, इस्लामावाद (रासस/सिन्ह्वा) । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।देशको"/>
2026-09-07 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु

पुस २१, इस्लामावाद (रासस/सिन्ह्वा) । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दाँ चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चुनियान सहरनजिकै मुल्तान सडकमा ट्रक पल्टिँदा अर्को एक जनाको मृत्यु हुनुको साथै अर्को एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ ।  मुख्यतया यहाँ मर्मत नगरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण दुर्घटना हुने गरेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित