पुस २२, तुलसीपुर (रासस)। इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, तुलसीपुर (रासस)। इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔष"/>
५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढे लागुऔषध कोरोबारी

२२ पुष २०७८, बिहीबार ०७:२६

पुस २२, तुलसीपुर (रासस)। इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका  छन् ।

“हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भन्नुभयो, “अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।” 

साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र  तीमध्ये २४ लागुऔषध कोरोबारी र १३ अन्य मुद्दाका छन् भन्दै  उहाँले लागू औषध प्रयोगकर्तालाई पनि पक्रेर ल्याउने हो भने हिरासतले थेग्न नसक्ने अवस्था छ । तुलसीपुरमा प्रयोगकर्ताको सङ्ख्या निकै रहेको कार्यलय प्रमुखसमेत रहनुभएकमा प्रहरी नायब उपरीक्षक  अर्यालको भनाइ थियो ।

सक्रिय बन्दै प्रहरी

तुलसीपुरको अस्तित्व जोगाउन  यहाँका बासिन्दा र प्रहरी सक्रिय छन् । इलाका प्रहरी कार्यालयले आफ्नो सक्रियतालाई तीव्र पारेका उहाँले जानकारी दिनुभयो । “हाम्रो चुनौती भनेको लागुऔषध नियन्त्रण नै हो”, प्रमुख अर्यालले भन्नुभयो, “हामीले सबैभन्दा बढी प्राथमिकतामा  लागुऔषध ओसारपसार तथा सेवनलाई   न्यूनीकरण गर्ने अभियान नै चलाएका छौँ ।”

सबैभन्दा बढी समय नै यसलाई दिइएको छ भन्दै उहाँले  यहाँ  आएको छ महिनामा तीनवटा डिलरसमेत समात्न सफल भएको जानकारी दिनुभयो । “हामीले अहिलेसम्म तीनवटा डिलर समात्न सफल भएका छौँ”, प्रमुख अर्यालले भन्नुभयो, “अझै तुलसीपुरमा दुई÷तीनवटा डिलर भएको सूचना आएको छ, त्यसलाई पनि समात्नका लागि प्रयास गरिरहेका छौँ ।”

तुलसीपुरमा प्रयोगकर्ता अत्यधिक भएकाले ओसारपसार पनि त्यत्तिकै हुने गरेको र  सबैभन्दा धेरै १५ देखि २० वर्षसम्मका युवा यस्तो लतमा फसेकाले अभिभावक सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “अभिभावकलाई पनि आफ्नो सन्तान दुव्र्यसनमा फसेको थाहा हुन्छ, तर सन्तानलाई सुधार गर्न त्यति ध्यान नदिएको पाइएको छ”, प्रमुख अर्यालले भन्नुभयो, “यसले उनीहरुको भविष्य नै डामाडोल हुनसक्छ, त्यसैले अभिभावकहरु पनि अलि चनाखो बन्नुपर्छ ।”

अभिभावकले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि सम्लग्न हुने गरेका छन् । एक प्याकेट ब्राउनसुगर ५० देखि ७० मिलीग्रामसम्म हुन्छ । त्यसलाई रू एक हजारदेखि रू १५ सयसम्म पर्छ । त्यसको लतमा फसेपछि दैनिक खानुपर्ने नखाएमा हात काप्नेसम्मको अवस्थामा पु¥याउने गर्छ । “एक प्रयोगकर्तालाई दैनिक नखाए के हुन्छ भनेर सोध्दा  उसले भन्यो, “एक दिन नखाए शरीर काप्न थाल्छ, अनि मेडिकलमा गएर अरुनै  लागुऔषध खरिद गरेर खान्छौँ भनी जवाफ दिए”, प्रहरी प्रमुख अर्यालले भन्नुभयो, “यदि आफूसँग पैसा भएन भने उनीहरूले अनेक बहाना बनाएर घरबाट पैसा माग्ने, ठग्ने र चोर्नेसमेत गरेको प्रयोगकर्ताले जवाफ दिएका थिए ।”

‘चुनौती पनि उत्तिकै छ’

ब्राउनसुगर कारोबारीलाई पक्राउ गर्न उत्तिकै चुनौती रहेको छ । ब्रउन सुगर सानो परिमाणको हुने र त्यसलाई लुकाउन निकै सहज हुने भएकाले हामीलाई प्रमाण पु¥याउन पनि निकै गाह्रो हुने र  कतिपय स्थानमा सूचना पाएर जाँदा प्रमाण भेट्टाउन नसक्ने अवस्था रहेको छ भन्दै उहाँले तुलसीपुरमा नेपालगञ्जतर्फबाट यस्ता पदार्थ आउने भएकाले त्यसक्षेत्रमा बढी निगरानी गरिरहेको बताउनुभयो । 

प्रयोगकर्तालाई कोठा नदिन अनुरोध 

प्रहरीले दुव्र्यसनीहरूलाई  कोठा नदिन होटल व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ । उनीहरुले अहिले होटललाई अखडा बनाउन थालेकाले त्यस्ता व्यक्तिलाई कोठा दिएमा होटल व्यवसायी नै सजायको भागिदार हुने हुँदा होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न पनि  भनिएको छ  । अहिले धेरै व्यक्ति होटलमा आउने र यस्तो गतिविधिमा सम्लग्न हुने क्रम बढेकाले अभिलेख राखेमा अनुसन्धानमा सहज हुने उहाँको भनाइ थियो । “होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न म होटल व्यवसायीलाई अनुरोध गर्छु”, प्रमुख अर्यालले भन्नुभयो, “नामसँगै उनीहरुको मोबाइल नम्बर यकिन  गरेरमात्रै बस्न दिनुहोला ।” सकेसम्म होटलको अगाडि सिसी क्यामेरा जडान गर्न पनि अनुरोध गरिएको छ ।

चोरको पनि उत्तिकै बिगबिगी

तुलसीपुरमा पछिल्लो समय चोरीका घटना पनि उत्तिकै बढिरहेको प्रमुख अर्यालले बताउनुभयो । दुव्र्यसनीले व्याप्त रुप लिएको र लागू पदार्थ महङ्गो पनि हुने भएकाले चोरी गर्नेहरु बढेको र यसक्रममा  अहिले चार जनाविरुद्ध मुद्दा चलिरहेको छ ।घरमा कोही नभएको अवस्थामा चोरीका घटना बढिरहेकाले सजग हुनुपर्ने र बहुमूल्य वस्तुलाई सकेसम्म घरमा नराख्ने गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे