Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २२, काठमाडौँ | </b>लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।<br></p><p>परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् ।</p><p>लोक सेवा आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन । प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी दिएको अन्तरिम आदेशका कारण नतिजा प्रकाशन गर्न नसकेको लोकसेवा आयोगको भनाइ छ ।</p>