पुस २३,काठमाडौँ | विभिन्न मोबाइल नम्बरहरूबाट फोन तथा म्यासेज गरी २० लाख माग गरेको आरोपमा प्रहरीले संजीव नामले चिनिने पदम काफ्लेलाई पक्राउ गरेको छ ।
मागेको रकम नदिएमा ज्यानसमेत लिने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले बारा निजगढ–११का २६ वर्षीय काफ्लेलाई बिहीबार कलंकीबाट पक्राउ गरेको हो ।
काफ्लेलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धान गरिने छ । उनलाई महानगरीय प्रहरी परिसरमा पठाइएकोमा जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको महाशाखाले जनाएको छ ।