पुस २३, काठमाडौँ । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 
बैंकिङ कसुर मुद्दामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, काठमाडौँ । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 
बैंकिङ कसुर मुद्दामा "/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

अदालतबाट २६ लाख जरिवाना ठहर भएका श्रेष्ठ पक्राउ

२०७८, २३ पुष शुक्रबार ०८:३८

पुस २३, काठमाडौँ । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २६ लाख जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बानेश्वरबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु २६ लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै झुक््याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन