कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

कमल बिक्रम जिसी, पुस २३, काठमाडौँ | कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको परीक्षामा ग्रेडवृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७९.०६ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार परीक्षाफल बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ । यसका अलवा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरी नतिजा थाहा पाउन सकिन्छ ।

यस्तै, बोर्डले २०७८ को कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरेको जनाएको छ । परीक्षा केन्द्रसम्बन्धी विवरण बोर्डको वेबसाइटमा राखिएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply