२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने

२०७८, २४ पुष शनिबार ११:०५

पुस २४, काठमाडौँ | विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ । 

सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यले आगामी माघ ९ गतेदेखि सो प्रदर्शनी गर्न लागिएको हो । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा यही पुस पहिलो सातादेखि २५ जना वरिष्ठ कलाकारकाले कोरेका वसन्तपुर क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रलाई नै प्रदर्शनीमा राख्न लागिएको बताइएको छ । हनुमानढोका दरबारस्थित गद्दी बैठकमा आगामी माघ ९ गतेदेखि एक महिनासम्म प्रदर्शनी सञ्चालन हुनेछ । 

शनिबारीय कला कार्यशाला समूहको सहकार्यमा भएको ‘क्यानभासमा हनुमान ढोका प्रतिविम्ब’ चित्रकला कार्यशालामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति  कान्छाकुमार कर्माचार्य, प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, वरिष्ठ कलाकार ग्रेहेन्द्रमान अमात्य, गोविन्दसिंह डङ्गोल, जीवन राजोपाध्यायसहित कलाकार सहभागी रहनुभएको थियो । 

कलाकारले उक्त स्थानका मुख्यगरी मूलचोक, त्रिशूल चोक, मोहन चोक र जलाशय नारायणको चित्र बनाएका छन् । शनिबारीय समूह चार वर्षदेखि प्रत्येक शनिबार ऐतिहासिक सम्पदाको चित्र बनाउनमा व्यस्त रहने गरेको स्थलगत कार्यशालाका संयोजक दिवेसमानसिंह प्रधानले जानकारी दिनुभयो ।   

हरेक शनिबार सम्पदाको चित्र बनाउनकै लागि शनिबारीय कला कार्यशाला समूह काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र कहीलेकाहीँ उपत्यका बाहिरका जिल्लामा पनि जाने गरेको उहाँको भनाइ छ । विगत चार वर्षदेखि अहिलेसम्ममा सम्पदाको मात्रै दुई हजारभन्दा बढी चित्र उतारिसकेको संयोजक प्रधानले बताउनुभयो ।  

“चित्र बनाउने विषयवस्तु धेरै छन्, अझै पनि युवापुस्तामा चित्रकलाप्रति आकर्षण कम छ, त्यसमा पनि ऐतिहासिक सम्पदा प्राथमिकतामा पर्दैनन्, त्यसैले सम्पदाकै चित्र बनाउने र त्यसलाई प्रदर्शनीमा राख्न थालिएको हो”, उहाँले भन्नुभयो । 

कार्यशाला समूहले अहिलेसम्म काठमाडौँ उपत्यकामा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत सात सम्पदामध्ये पाँच वटाको चित्र बनाइसकेको छ । पशुपतिनाथको चित्र कोर्ने तयारी छ । उक्त स्थानमा २५ कलाकारले करिब ५० चित्र बनाएका छन् । चित्र कोरेबापत उक्त समूहले कुनै पारिश्रमिक लिने छैनन् । चित्र बनाउनका लागि आवश्यक पर्ने सामग्री समितिले प्रदान गरेको हो । तयार पारिएका चित्र सङ्ग्रहालयमा राख्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित