2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारीले सामाजिक न्याय प्रदान गर्छ : मन्त्री भुसाल

January 8, 2022

पुस २४, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा रहेका विभिन्न किसिमका सहकारीले समाजमा रहेका मानिसबीच समानताका साथै सामुहिक न्यायसमेत प्रदान गर्ने बताउनुभएको छ । 

ललितपुर महानगरपालिकाका वडा नं १२ प्रयागपोखरीमा २०५७ सालदेखि सञ्चालित रहेको श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ आँै वार्षिक साधारण सभाको उद्घाटन गर्दै आज उहाँले सहकारीले उच्चदेखि मध्य हुँदै निम्न वर्गका मानिसलाई समेत एकैतवरले समेटेर लैजाने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसले छरिएर रहेको पुँजीको सानो अंशलाई एकत्रित गरेर उद्यमशील बनाउनाका साथै न्यून आय भएका व्यक्तिलाई सरल र सुलभ ढङ्गमा उनीहरुको आर्थिक जीवन तथा सामाजिक अवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्नेछ ।” मुलुकमा चालु रहेका सहकारीको सहयोगमा व्यवसाय अघि बढाउन रकम नहुने व्यक्तिले समेत रकम लिएर नयाँ कामको थालनी गर्न पाउने उहाँले बताउनुभयो ।

सहकारीले मुलुकको अर्थतन्त्र बढावा गर्नाका साथै सामुहिक न्यायमा जाने पहिलो खम्बासमेत रहेको मन्त्री भुषालको भनाइ थियो । “सहकारीले हरेक मानिसमा बचत गर्ने बानीको विकास गर्नेछ”, उहाँले भन्नुभयो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकामा रहेका सहकारीलाई समय सापेक्ष तथा थप गतिशिल बनाउँदै लैजाने बताउनुभयो । ज्यापू समाजका प्रथम महिला उपाध्यक्ष सविना महर्जनले सहकारी भनेको सामुहिक असमानता हटाउने माध्यम रहेको धारणा राख्दै सोमा रहेका सबलका साथै दुर्बल पक्षलाई समेत अन्दाज गर्न जरुरी रहेको बताउनुभयो ।

सहकारीका अध्यक्ष तीर्थलाल महर्जनले सो सहकारीमा कूल एक हजार आठ सय ३० सदस्य रहेका जानकारी गराउँदै आफूहरुले ‘आधारभूत सहकारी शिक्षा’शिर्षक अन्तर्गत १८ जनालाई तालिम दिनाका साथै सहकारीमा आबद्ध रहेका परिवाकारका बालबालिका जसले दशजोड दुई उत्तिर्ण गर्दा उत्कृष्ठ नतिजा हासिल गरेका छन् तीमध्येका पाँचलाई सम्मानसमेत गरी अध्ययन गर्ने बानीको विकास गराएको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा ७८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई जनही रु तीन हजार र यस वर्ष मृत्यु भएका ११ सदस्यका परिवारलाई किरिया अर्थात् ‘बिचा’खर्चका साथै छ सुत्केरीलाई समेत रु पाँच हजारका दरले नगद प्रदान गरिएको थियो । 

यसैगरी कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा उत्कृष्ठ तीन ऋणीलाई सम्मान गर्नाका साथै ज्येष्ठ सदस्यलाई हरेक दशैं अर्थात् ‘मोहनीपर्व’मा घरघर पुगेर रु एक हजार खर्च प्रदान गर्ने गरेको बताइएको थियो । कार्यक्रममा उपस्थित उत्कृष्ठ सदस्यलाई ल्यापटप र फ्रिजका साथै लुगाधुने आधुनिक मेसिन तथा इन्डक्सन चुलोसमेत उपहार प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते