2026-09-12 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या

पुस २५, काठमाडौँ | दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका  निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । ‘हामीले कारागारमा मधुमेहका बिरामीका लागि स्वास्थ्य जाँच गर्दा २२ जनामा मधुमेहको समस्या देखिएको थियो’, उनले भने, तीमध्ये  पाँच जनामा नियन्त्रणभन्दा बाहिर थियो ।

शनिबार विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको प्राविधिक सहयोगमा  कारागारका बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधिसमेत प्रदान गरिएको थियो । साथै उनीहरुलाई शारिरीक ब्यायाम तथा खानपानमा ध्यान दिन सुझाव दिइएको अस्पतालका निमित्त निर्देशक डा खनालले बताए ।

त्यस्तै कैदीबन्दीको मुटु, मिर्गाैला, कोलेस्टेरोलको समेत जाँच गरिएको थियो । तीमध्ये छ जना कैदीबन्दीमा बोसोको मात्रा बढेको भेटिएको थियो भने एक जनाको मुटुमा थोरै समस्या देखिएको  निर्देशक डा खनालले बताए । चिकित्सालयले अहिले मधुमेहका बिरामीलाई प्राथमिकता दिएर शिविर नै सञ्चालन गरेको छ । यस महिनामा ३०० बिरामीलाई निःशुल्क मधुमेह जाँच गर्ने लक्ष्य राखिएको छ । प्रत्येक दिन बिहान ८ बजेदेखि अस्पतालबाट मधुमेह जाँच सेवा सुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस