२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोबेल मेडिकल कलेजमा झडप !

२५ पुष २०७८, आईतवार ०८:५८

पुस २५, काठमाडौँ | एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ ।

कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाउँदै आएको छ । झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरूले कलेजमा अनशन बस्‍न आएपछि सुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले गरिखान देऊ भन्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीको हुल देखेपछि व्यवसायीहरू पछि हटेका थिए ।

विद्यार्थीहरू कलेजमा प्रवेश गरेपछि कलेजका कर्मचारीहरूले पनि रोजगारी गर्न देऊ भन्दै विद्यार्थीविरूद्ध आन्दोलनमा उत्रेका थिए ।कर्मचारीहरूसँग विद्यार्थी नेताहरूले वार्ता गरेर अनशन बस्‍न लागेको बेला भाटा लिएर तयारी अवस्थामा बसेका सुरक्षा गार्डले विद्यार्थीहरुमाथि खनिएका थिए ।

सुरक्षा गार्डहरुले कुटपिट गर्न थालेपछि विद्यार्थीहरू प्रतिकारमा उत्रिएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । अहिले कलेज परिसरमा विद्यार्थीहरूले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य