2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्च अदालतमा रिट

January 9, 2022

पुस २५, काठमाडौँ | सर्वोच्च अदालत परिसरमा जारी आन्दोलन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन्।

सर्वोच्च प्रशाशनका अनुसार रिट दर्ता प्रक्रियामा रहेको छ। कानून मन्त्रालय, सर्वोच्च अदालत र नेपाल बार एशोसिएशनलाई विषक्षी बनाई दायर गरेको रिटमा नेपाल बारले दैनिक ११ बजेदेखि १२ बजेसम्म ईजलासमा कुनै पनि काम कारवाही नगर्नु भनी गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरी अदालतको सुनुवाई प्रक्रिया १०ः३० देखि नै सुचालु गर्न विपक्षीको नाममा परमादेश माग गरिएको छ।

रिट निवेदनको अन्तिम टुङ्गो लाग्न समय लाग्ने भन्दै परिसर भित्र कुनै प्रकारको आन्दोलन, विरोधसभा, धर्ना नारा लगायतका कुनै पनि कार्यक्रम नगर्न, नेपाल बार भित्र गैर कानूनी रुपमा टाँगीएको प्रधानन्यायाधीश विरुद्धको तुल हटाउन र तोकीएकै समय भित्र ईजलासका सम्पूर्ण काम कारवाही सुचालु गर्न समेत अन्तरिम आदेशको माग गरिएको छ। यस्तै सर्वोच्च अदालत परिसर भित्र कुुनै प्रकारको आन्दोलनको नाममा जुलुस, नारा, विरोधसभा एवं धर्ना लगाएतका कार्य नगर्न र अदालतलाई शान्ति क्षेत्रको रुपमा कायम गर्न पनि परमादेशको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते