२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरिएको कुकुरको ८ वर्षपछि आफ्नै परिवारसँग मिलन भएपछी…

२५ पुष २०७८, आईतवार ११:१७

एजेन्सी | घरकै बगैँचाबाट चोरिएको कुकुरको ८ वर्षपछि आफ्नो पुरानो परिवारसँग पुनर्मिलन भएको छ । 

सन् २०१३ देखि हराएको कुकुरले पहिलो पटक आफ्नो पुरानो मालिकलाई भेट्दाको क्षण ससेक्स प्रहरीले आफ्नो क्यामरामा कैद गरेको छ ।

क्यासी नाम दिइएको ककर स्प्यानियल एक्लो थिएन । उनीसँग अन्य तीन साना कुकुर पनि थिए । ती साना कुकुर क्यासीकै भएको अनुमान गरिएको छ ।

क्यासीको परिवारलाई उनी (क्यासी) पहिलाको भन्दा भिन्न भएको हुनसक्ने भन्दै चेतावनी पनि दिइएको छ । तर क्यासीले आफ्नो पुरानो घरमा निकै राम्रो व्यवहार गरिरहेकी छिन् ।

उनको परिवारले भन्यो, ‘आठ वर्षपछि क्यासीलाई आफ्नो घरमा फिर्ता पाउँदा हामी असाध्यै आभारी छौँ । क्यासीले निकै राम्रो व्यवहार गरिरहेकी छिन् । उनी आफ्नो दैनिक डग वाकमा रमाइरहेकी छिन् ।’

‘क्यासीका अन्य तीन साना कुकुरले आ–आफ्नो घर पाइसकेका छन् । उनीहरु आफ्नो नयाँ परिवारसँग रमाइरहेका छन् ।’

गोप्य सुचनाको आधारमा आरएसपीसीएको मद्दतमा अधिकारीले क्यासीलाई नोभेम्बरमा छापा मार्ने क्रममा सुरक्षित पाएको थियो ।

क्यासीको परिवारले उनको फिर्तीलाई अमूल्य क्रिसमस उपहार बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे