पुस २६, कञ्चनपुर  । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, कञ्चनपुर  । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्व"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वरिष्ठ साहित्यकार भट्टको निधन

२६ पुष २०७८, सोमबार १०:०९

पुस २६, कञ्चनपुर  । सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आउनुभएको थियो ।

भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्व व्यवस्थापन सङ्कायका डिन भारतीय जोशीले बताउनुभयो । “साहित्यकार भट्टको लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ” उहाँले भन्नुभयो, “सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।”

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको छ । भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँ महाकाली साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहनुभएको थियो । 

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे लामो समय कलम चलाउँदै आउनुभएको थियो । उहाँका दर्जनौं पुस्तक प्रकाशित छन् । भट्टको जन्म विसं २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका– ५ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ