पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजे"/>
2026-08-23 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

दोलखामा श्रेष्ठ, बैतडीमा पाल र ताप्लेजुङमा थेबे निर्वाचित

पुस २७, चरिकोट | नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित हुनुभयो । 

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गर्नुभएको थियो भने दुललाले २८४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित भएपछि  पद तथा गोपनीयताको शपथ लिदै  अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बैतडीमा  पाल

यसैगरी बैतडीमा पुनः सुरेन्द्र पाल अध्यक्षमा निर्विरोध  चयन हुनुभएको छ ।  पाटनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली निर्वाचित हुनुभयो । अध्यक्ष पालको नेतृत्वमा  ९० सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ ।  

ताप्लेजुङमा थेबे  

पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी हुनुभएको छ । जम्मा ६३५ मतमध्ये  थेबेले ३२९ मत प्राप्त गर्नुभएको थियो  भने साम्सोहाङले २७३ मत प्राप्त गर्नुभएको थियो ।  उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा केसरकुमार मेन्याङबो तथा  उपसचिवद्वयमा मणि पोमु र दीपेन पोमुले विजयी हुनुभएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो