भदौ ८, चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ । <"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

चितवनमा दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू

८ भाद्र २०७३, बुधबार ०७:५०

भदौ ८, चितवन । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ । 

पूर्व–पश्चिम राजमार्गमापर्ने चितवन, मकवानपुर हुँदै पथलैयासम्मका लागि टाइमकार्ड व्यवस्था लागू गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिनुभयो । 

चितवनदेखि पथलैयासम्मको ९४ किलोमिटरका लागि प्रहरीले एकसय २७ मिनेट समय तोकेको छ । उहाँका अनुसार तोकिएको भन्दा कम समयमा सो क्षेत्रमा पुग्ने सवारीलाई कारबाही गर्ने गरी कार्ड लागू गरिएको हो । सवारी दुर्घटनाको कारणमध्ये तीव्रगतिमा चलाउनु मुख्य रहेको पाइएकाले टाइमकार्ड लागू गरिएको हो । 

भेटवालका अनुसार चितवनदेखि मकवानपुरको मनहरी ४० किलोमिटर क्षेत्रको दुरीका लागि ५१ मिनेट तोकिएको छ । यस्तै मनहरी हेटाँैडा २६ किलोमिटर दुरीका लागि ३५ मिनेट सयम तोकिएको छ । 

यस्तै हेटाँडादेखि पथलैया २८ किलोमिटरका लागि ४१ मिनेट समय ताकिएको छ । उक्त समय हेर्न प्रहरीले चितवनको गोन्द्राङ, मकवानपुरको मनहरी र रातमाटे तथा पथलैयामा कार्ड परीक्षण गर्ने व्यवस्था गरेको प्रहरीले जनाएको छ । चितवन जिल्लाभित्रको राजमार्गमा गोन्द्रादेखि लोथरसम्मको लागि पनि टाइमकार्ड तोकिएको छ । 

गोन्द्राङ खैरहनी १२ किलोमिटरलाई १५ मिनेट, खैरहनी भण्डारा ८ किलोलोमिटरलाई १० मिनेट, भण्डारा लोथर– ९ किलोमिटरलाई ११ मिनेट तोकिएको छ । 

यस्तै लोथरदेखि मकवानपुर मनहरी ११ किलोमिटरका लागि १५ मिनेट समय तोकिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन भएर दैनिक सात हजार बढी सवारी हिँड्ने गरेको प्रहरीले जनाएको छ । यता चितवनको भरतपुरदेखि काठमाडाँै जाने बाटो दारेचोकसम्मको रुटमा भने समय तोकिएको छैन । नारायणगढ– मुग्लिन सडक निर्माणाधिन रहेकाले सम्भव नरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने