२७ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवकाशपछि मरेको मुसाको बन्यो संसारभरि समाचार !

२८ पुष २०७८, बुधबार ०८:२७

एजेन्सी | मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो।

मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई काम गर्नका लागि सन् २०१६ मा कम्बोडिया पठाइएको थियो।

उसको काम थियो- जमिनमूनि गाडिएका बिस्फोटक पदार्थ पत्ता लगाउने।

लामो समय गृहयुद्ध भोगेको कम्बोडियामा अहिले पनि जमिनमूनि गाडिएका बिस्फोटक पदार्थले थुप्रै मानिसको ज्यान लिने गरेका छन्। युद्धका समयमा गाडिएका ल्यान्डमाइन बिस्फोट हुँदा हजारौं मानिस अंगभंग भएका छन्। कम्बोडियाको जमिनमूनि रहेका बिस्फोटक पदार्थ पत्ता लगाउन मागावाले पाँच वर्ष काम गरेको थियो। यो अवधिमा उसले २४ लाख स्क्वायर फिट जमिनमा बिस्फोटक पदार्थ भए/नभएको खोजेको थियो। उक्त जमिनमा ७१ ठाउँमा ल्यान्डमाइन भेटिएका थिए।

मागावाको कामको सम्मानमा बेलायतको पशुपन्छीसम्बन्धी काम गर्ने संस्था पिडिएसएले सन् २०२० मा गोल्ड मेडल नै दियो। उक्त संस्थाले ७७ वर्षदेखि विभिन्न पशुपन्छीलाई अवार्ड दिँदै आएको छ। पिडिएसएको गोल्ड मेडल पाउने मागावा पहिलो मुसा हो।



मागावा गत वर्ष जुनमा कामबाट अवकाश भएको थियो। उसले गरेको कामको सम्मानमा उसलाई ‘हिरोर्‍याट’ उपनाम दिइएको थियो। अवकाशपछि पनि मागावा स्वस्थ नै थियो तर गत शनिबारदेखि उसको स्वास्थ्यमा समस्या आएको थियो।

युद्धग्रस्त र युद्धबाट तंग्रिएका क्षेत्रमा ठूलो मात्रामा जमिनमूनि बिस्फोटक पदार्थ भेटिने गरेका छन्। तर ठूलो भू-भागमा बिस्फोटक पदार्थ भए/नभएको पत्ता लगाउनु निकै कठिन काम हो। अनुसन्धानकर्ताहरूले त्यस्ता बिस्फोटक पदार्थ पत्ता लगाउन छिटो दौडिन सक्ने र सुँघ्ने क्षमता निकै बलियो भएका मुसालाई प्रयोग गर्न सकिने विधि पत्ता लगाएका थिए।

मागावालाई एपिओपिओ नामक संस्थाले तान्जेनियामा ल्यान्डमाइन पत्ता लगाउने तालिम दिएको थियो। ल्यान्डमाइन पत्ता लगाएबापत मुसालाई मन पर्ने खानेकुरा दिने लगायत विधि अपनाएर तालिम दिइन्छ। मुसाहरूले आधा घन्टामा दुई सय स्क्वायर फिटसम्म जमिन स्क्यान गर्न सक्छन् त्यही काम गर्न मानिसलाई चार दिनसम्म लाग्न सक्छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे बैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ? दीपक मनाङ्गे भए डिल्ली बजार कारागार चलान कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको १६५ रनको जित उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट सुदूरपश्चिम रोयल्सले गर्यो एनपिएलमा सहभागी हुने जर्सी सार्वजनिक कुलमानलाई पुनः सरकारले सोध्यो ६ बुँदे स्पष्टीकरण नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? मौसम खुलेसँगै पोखराबाट भैरहवा उड्यो रवि चढेको विमान काठमाडौँबाट भैरहवा उडेको बुद्ध एयरको विमान पोखरामा अवतरण चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक राष्ट्रपति ट्रम्प सांसद वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारीमा गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री ओली ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ देशभरका ९ शहरमा आयोजना हुने यस्तो रहेको छ आजको फलफूल तथा तरकारीको मूल्य