२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो देशमा अझै किन चलिरहेको छ २०१३ ! के छ यस पछाडिका कारण ?

२०७८, २९ पुष बिहीबार ०६:२३

पुस २९, काठमाडौँ | एजेन्सी | विश्व अंग्रेजी पात्रो अनुसार २०२२ मा प्रवेश गरिसकेको छ । तर विश्वको यस्तो एउटा मुलुक छ जहाँ सन् २०१३ को वर्ष चलिरहेको छ । यो एक अफ्रिकी देश इथियोपिया हो । इथियोपियाको पात्रो विश्वको पात्रो भन्दा ७ वर्ष ८ महिना पछि चलिरहेको छ ।

यो अफ्रिकी मुलुक विश्वका कयौ अन्य मामिलामा पनि बिल्कुल फरक छ । अन्य देशमा वर्षको १२ महिना हुन्छ भने यो देशमा १३ महिनाको एक वर्ष हुन्छ । इथियोपियाको जनसंख्या करिब ८५ लाख छ, जुन अफ्रिकाकै दोस्रो अधिक जनसंख्या भएको देश हो । इथियोपियाको पात्रो ग्रेगोरियन पात्रो भन्दा करिब पौन ८ वर्ष पछि रहेको छ । यहाँ नयाँ वर्ष जनवरी १ मा मनाइँदैन । सेप्टेम्बर ११ मा यहाँ मानिस नयाँ वर्ष मनाउँछन् 

सन् १५८२ मा ग्रेगोरियन पात्रो सुरु भएको थियो । यो भन्दा पहिले इथियोपियामा जूलियन पात्रोको प्रयोग गरिन्छ । जुन मुलुुक क्याथोलिक चर्च मान्थे उनीहरुले नयाँ पात्रो स्वीकार गरे । तर कयौ देशमा यो स्वीकारनै गरिएन र यसको बिरोध पनि गरे । यी देशमा इथियोपिया पनि समावेश छ ।

इथियोपियाका मानिस अर्थोडक्स चर्च मान्छन् । ७ बीसीमा इसा मसिहाको जन्म भएको थियो । जसका अनुसार पात्रोको गन्ती सुुरु भयो । जबकी अन्य देशमा इसा मसिहाको जन्म एडी वान मानिन्छ । यस कारण हालसम्मको पात्रोमा वर्ष २०१३ चलिरहेको छ । जबकी विश्वका अन्य देशमा २०२२ सुरु भइसकेको छ ।

इथियोपिन पात्रोमा १३ महिनाको १ वर्ष हुन्छ । जसमा १२ महिना ३० दिन हुन्छ । अन्तिम महिनालाई यहाँ पाग्यूमे भनिन्छ । जसमा पाँच वा ६ दिन हुन्छ । वर्षको गणनामा नआउने दिनलाई जोडेर यो महिना बनाइन्छ ।

सबैभन्दा विशिष्ट कुरा के छ भने युनेस्कोको विश्व सम्पदा साइटमा समावेश सबैभन्दा बढी स्थान इथियोपियाको छ । यहाँको सुन्दरता हेर्न विश्वभरीका मानिस आउने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु