भदौ ८, गुल्मी । गुल्मीको रुद्रवेणी– वामिटक्सार सडकखण्ड आजदेखि सुचारु भएको छ । 

तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाले उक्त सडकखण्डदेखि केही माथिबाट एककिलो मिटरको वैकल्पिक सडक निर्माण गरिदिएपछि अवरुद्ध सडक सुचारु भएको आयोजनाका इन्जिनिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, गुल्मी । गुल्मीको रुद्रवेणी– वामिटक्सार सडकखण्ड आजदेखि सुचारु भएको छ । 

तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाले उक्त सडकखण्डदेखि केही माथिबाट एककिलो मिटरको वैकल्पिक सडक निर्माण गरिदिएपछि अवरुद्ध सडक सुचारु भएको आयोजनाका इन्जिनिय"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवरुद्ध सडक सुचारु

८ भाद्र २०७३, बुधबार १०:१७

भदौ ८, गुल्मी । गुल्मीको रुद्रवेणी– वामिटक्सार सडकखण्ड आजदेखि सुचारु भएको छ । 

तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाले उक्त सडकखण्डदेखि केही माथिबाट एककिलो मिटरको वैकल्पिक सडक निर्माण गरिदिएपछि अवरुद्ध सडक सुचारु भएको आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिनुभएको छ । 

रुद्रवेणी–वामिटक्सार सडकखण्ड अन्तर्गत उर्लिखोलामा गत महिना आएको बाढीले उर्लिखोला बजारसँगै जोडिएको मुख्य सडक बगाएर लगिदिएपछि उक्त क्षेत्रमा विगत एक महिनादेखि सवारी आवागमन ठप्प भएको थियो । 

सडक सुचारु भएसँगै उक्त सडकखण्ड अन्तर्गत बीचबीचमा रोकिएका बस, ट्रक तथा जिपलाई आवागमनमा सहजता पुगेको छ । 

बाढीले बगाएको मुख्य सडकलाई सुचारु गर्न ठूलो रकम लाग्ने भएका कारण यात्रुको समस्यालाई ध्यान दिँदै अहिलेलाई वैकल्पिक सडक निर्माण गरी यातायात सुचारु गरिएको इन्जिनियर शाहले बताउनुभयो । 

जिल्लामा सबै भन्दा बढी सवारी साधन सञ्चालन हुने उक्त सडक लामो समयसम्म अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौँ यात्रु समस्यामा पर्दै आएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य