पढ्न करिब 1 मिनेट लाग्छ

पुस ३०, काठमाडौँ | नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ बिहीबार राति सफल प्रक्षेपण भएको छ । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण भएको हो ।

प्रक्षेपणको १ घण्टा ५ मिनेटपछि एक्जोपोर्ट–३ ट्रान्सपोर्टर ३ भित्र रहेको उकजोपोर्ट–६ ले सानो स्याट १ लाई अन्तरिक्षमा छाडेको थियो ।

सानो स्याट–१ सँगै अमेरिकास्थित मिनी क्युब स्पेस डेभलपमेन्टले बनाएको च्यालेन्जर स्याटेलाइन पनि प्रक्षेपण भएको कान्तिपुरमा खबर छ ।

ट्रान्सपोर्ट ३ स्पेस एक्सको तेस्रो राइडरसेर मिसन हो । यसमा १०५ वटा वस्तु अन्तरिक्षमा छाडिएका थिए । सानो स्याट अन्तरिक्षमा पुगको आधा घण्टापछि संकेत पठाएको थियो ।