2026-10-23 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चङ्गा उडाउन खोज्दा आफैं ३० फिटमाथि उडेपछि…

पुस २६, काठमाडौँ | यतिबेला श्रीलंकामा भएको एक घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । श्रीलंकाको जाफ्नास्थित पोइन्ट पेड्रोमा आयोजित चङ्गा उडाउने प्रतियोगिताका क्रममा खिचिएको भिडियो भाइरल बनेको हो ।

भिडियोमा एउटा ठूलो चङ्गा उडाउन लाग्दा नदरस मनोहरनलाई चङ्गाले तानेर ३० फिटमाथिसम्म पुर्‍याएको देख्न सकिन्छ । प्रतियोगितामा मनोहरनसहित ६ जनाको एक टोलीले जुटको डोरीसहितको एउटा ठूलो चङ्गा उडाउने प्रयास गरेका थिए । चङ्गा आकाशमा विस्तारै उड्न थालेको थियो र मनोहरनले डोरी समातेर तलमाथि गरिरहेका थिए ।  सोही क्रममा चङ्गाको गति तीव्र बन्दा उनी डोरीसँगै ३० फिटमाथि पुगेका हुन् ।

उक्त दृश्य क्यामेरामा कैद गरिएको थियो । झण्डै १ मिनेट लगाएर मनोहरनलाई जमिनमा ओरालिएको थियो । चङ्गाको डोरी समातेर उडाउने क्रममा मनोहरनलाई चङ्गाले नै तानेको हो । झण्डै १२ मिटरमाथि चङ्गासँग आकाशमा उडेका उनलाई साथीहरूले निकै जोड गरेर जमिनमा तानेका थिए । आकाशबाट जमिनमा ओर्लने क्रममा उनलाई सामान्य चोटपटक मात्रै लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने