महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलम"/>
महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलम"/>
भदौ ८, इलाम । इलामको दक्षिणी गाविस महमाईका युवाहरु निर्वाचन क्षेत्र नं २ को उत्कृष्ठ खेलमैदान निर्माणमा अग्रसर भएका छन ।
महमाई एकता युवा साँस्कृतिक समाजको अगुवाइमा महमाई ६ कप्परसुक्कामा आगामी असारसम्ममा सम्पन्न गर्ने गरी खेलमैदानको निर्माण कार्य तिव्र गतिमा अघि बढाइएको छ ।
इलाभेन साइड बन्न सक्ने संभावना रहेको खेलमैदान अतिक्रमण बढदै गएपछि मैदान संरक्षणका लागी महमाई एकता युवा समहुले पहल थालेको समुहका सचिव गणेश गिरीले बताउनुभयो । हाल ५० रोपनीमा फैलिएको खेलमैदानलाई अझ ठुलो पार्न मैदान छेउछाउका जग्गाधनीसँगको सहकार्यमा ६० रोपनीको बनाउने समुहको योजना छ ।
भरखरैमात्र करिव २७ हजार रुपैयाको लागतमा फलामे गोलपोष्ट समेत निर्माण सम्पन्न गरिसकिएको छ ।
खेलमैदानको छेउमा युवा समुहको लागी भवन बनाइदिने मनोनित साँसद एवम आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष नगेन्द्र कुमालले प्रतिवद्धता समेत जाहेर गरिसक्नु भएको छ । खेलमैदानलाई ११ साइड बनाउनका लागी करिव २ लाख रुपैयाको आर्थिक श्रोत समेत जुटिसकेको महमाई एकता युवा साँस्कृतिक समुहका अध्यक्ष खड्ग सुन्दर योङहाङले बताउनुभयो ।