२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

२ माघ २०७८, आईतवार ०७:०९

माघ २,  काभ्रेपलाञ्चोक | पर्यटकको आकर्षण बढ्दै गएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान क्षेत्र पछिल्लो सयम असुरक्षित बन्दै गएको छ । नारायणस्थानसम्म पुग्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको तथा नारायाणस्थान डाँडाको पूर्वतर्फको ठूलो चट्टानी भिरका कारण जोखिम बढ्न थालेको हो । 

शनिबार बिहान नारायाणस्थान जाने क्रममा डाँडा नजिकै गोरेटोबाट चिप्लिएका पनौतीका एक बालकको मृत्यु भएको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्र महाभारत पर्वत शृङ्खलाअन्तर्गत अवस्थित करिब तीन हजार मिटर उचाइमा रहेको पर्यटकीय उक्त बेथानचोक नारायणस्थान डाँडाबाट भिरमा खसेर करिब एक वर्षअघि पनि एक युवकको मृत्यु भएको थियो । मृतक दुवै पर्यटकीय क्षेत्रउन्मुख नारायाणस्थान घुम्न गएका आन्तरिक पर्यटक हुन् । 

शुक्रबार आफन्तसँग बेथानचोक नारायणस्थान घुम्न गएका पनौती नगरपालिका–६ दलिनचोकका १२ वर्षीय सौरभ सापकोटाको शव शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । शनिबार बिहान ३ बजेदेखि हराइरहेका सापकोटाको खोजी गर्दा शव नारायणस्थानको डाँडाबाट करिब एक सय मिटर तल भेटिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” 

आफन्तका अनुसार, सौरभ हिउँमा चिप्लिएर बेपत्ता भएका थिए । सापकोटा हराएको खबर पाएपछि शनिबार बिहानदेखि प्रहरी तथा सदरमुकाम धुलिखेलस्थित कालीजङ्ग गणका सेनाको ‘माउन्टेन वारफेयर’ टोली खोजी कार्यमा परिचालन गरिएको थियो । स्थानीयवासीले पनि सापकोटाको खोजीमा निकै प्रयास गरेका थिए । ठूलो भिरमा खोजी गर्न निकै चुनौतीपूर्ण रहेकाले सुरक्षाकर्मी परिचालन गरिएको हो । “भिरमा खसेका बालक खोज्नु निकै चुनौतीपूर्ण थियो, सेनासहितको सुरक्षाकर्मीको टोलीले डोरीले बाँधेर उनको शव ल्याएको थियो,” खतिवडाले भन्नुभयो । उहाँका अनुसार, खोजी गर्ने क्रममा मृत भेटिएका सापकोटाको शव दिउँसो भिरबार निकालिएको हो । 

बेथानचोक नारायणस्थान जिल्लाकै अग्लो स्थान हो । विशेषगरी हिउँदमा हिउँपर्ने भएकाले यो अवधिमा आन्तरिक एवं बाह्य पर्यटक आउने गर्दछन् । यहाँबाट महाभारतको पहाडी तथा हिमाली शृङ्खला र तराई क्षेत्रलाई नियाँल्न सकिन्छ भने सूर्योदयको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । यहाँ महादेवको मन्दिर रहेकाले विशेष अवसरमा मेलासमेत लाग्ने गर्दछ । पछिल्लो वर्षदेखि कतिपय युवायुवतीहरु उक्त नारायणस्थान डाँडामै पाल टाँगेर बस्ने गर्न थालेका छन् । गत साल चैतमा पनि धुलिखेलका एक युवाको सोही भिरबाट खसेर मृत्यु भएको थियो । 

चारजना साथी मिलेर रात बस्न बेथानचोक गएका धुलिखेल नगरपालिका–४ का २३ वर्षीय निरोज रिजालको २०७७ साल चैत ७ गते राति नारायाणस्थान डाँडाबाट खसेर मृत्यु भएको थियो । त्यतिबेला धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले करिब एक हजार मिटर तलबाट रिजालको शव निकालेको जनाएको थियो । राति टेन्टबाट नजिकै पिसाब फेर्न जाँदा निरोजको लडेर मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाइएको थियो । 

पर्यटकको आकर्षण बन्दै गएको बेथानचोक नारायाणस्थान क्षेत्रको भिरबाट लडेर रिजालको मृत्यु भएपछि त्यतबेला नै सो डाँडालाई फलामे बार लगाएर सुरक्षित गर्न स्थानीय तहलाई निकै सुझाव दिइए पनि आलटाल गरिँदै आएको बताइन्छ । गाउँपालिकाले भने सो क्षेत्रमा सहज रुपले पुग्न भौतिक पूर्वाधार निर्माण गर्ने तथा घनाजङ्गल रहेकाले पर्यटक हराउन सक्ने सम्भावना रहेकाले नामावली सङ्कलन गरेर मात्रै नारायणस्थान क्षेत्रमा प्रवेशको अनुमित दिइने व्यवस्था गरिने जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की