२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ध्रुवे, रोनाल्डो र गोविन्दे मात्तिने समय, हालसम्म ४४ जनाको ज्यान लिईसके

४ माघ २०७८, मंगलवार ०३:५८

माघ ४, चितवन | समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् ।

हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउनुहुन्छ । मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन् । उहाँको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन् । ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन् ।

गत एक महिनायता गोविन्दे र ध्रुवेले एक–एक जनाको ज्यान लिइसकेका छन् । यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ  र राप्तीको सङ्गमस्थलतिर छ । गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन् । तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन । तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताउनुहुन्छ ।

निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा अधिकांश छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन् । यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । तिवारीले भन्नुभयो, “यो हात्तीको आक्रमण हुनसक्ने समय भएकाले जोगिएर हिँड्डुल गर्नुपर्दछ ।” निकुञ्ज बाहिर खानाका लागि हात्ती आउन सक्ने समय पनि यो हो । तिवारीले अगाडि भन्नुभयो, “यतिबेला निकुञ्जमा राम्रो घाँस हुँदैन, बाहिर लगाएको खेतीबाली हरियाली देखेपछि हात्ती बाहिर आउन सक्छ ।”

निकुञ्ज संरक्षणमा लामो अनुभव संगाल्नुभएका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिनुहुन्छ । धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उहाँ बताउनुहुन्छ । कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन् । यो आफैँमा जोखिम रहेको खड्काको भनाइ छ । हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उहाँको सुझाव छ ।

अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगा भाँचेका हुन्छन् । यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ । हात्तीले मानिसमाथि आक्रमण गर्दा डराएर आत्तिएर गर्ने बताउँदै रामले भन्नुभयो, “हात्ती शाकाहारी जनावर हो, उसले मान्छे मारेर के पाउँछ र ?” आफूलाई खतरा महसुस गरेर नै हात्तीले आक्रमण गर्ने उहाँको भनाइ छ ।

चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन् । ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ । गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ । समूहमा बस्ने हात्ती नियमविपरीत काम गरेमा निष्कासित हुने गर्दछ । समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताउनुभयो । वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की