कमल रावल | भदौ ९, अछाम | प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | भदौ ९, अछाम | प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको "/>
२८ मंसिर २०८२, शनिबार
अछाम - ACM

अछाम क्याम्पसलाई सुदुरपश्चिमा आंगिक क्याम्पस बनाउन तिव्र भेटघाट

९ भाद्र २०७३, बिहीबार ०३:२५

कमल रावल | भदौ ९, अछाम | प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको सुदुरपश्चिम त्यस माथी पनी अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताउनु भएको छ ।

अछाम वहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वनाउनका लागी डेलिगेसन सहित प्रधानमन्त्रि दाहाललाई भेट्न पुगेको अछामको सर्वदलिय सर्वपक्षिय टोलीसंगको भेटमा प्रधानमन्त्रि दाहालले यस्तो वताएको अछाम वहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराले टेलिफोन मार्फत जानकारी दिनु भयो । वुधवार विहान साढे ८ वजे टोलीले प्रधानमन्त्रि प्रचण्डलाई प्रधानमन्त्रि निवास वालुवाटारमा भेट गरी माग पत्र वुझाएको अध्यक्ष वोहराले जानकारी दिनु भयो । यस्तै टोलीले काँग्रस सभापती सेर वहादुर देउवालाई पनी उहाँकै निवास वुढा निलकण्ठमा भेटेर अछाम क्याम्पसलाई आंगिक क्याम्पस वनाउन सहयोग गरिदिन अपिल गरेको र जवाफमा सभापती देउले आफु यस्का लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको वताईएको छ ।

ज्ञापन पत्र बुझदै उहाँहरुले १५ गते बस्ने सिनेटबाट विश्वविद्यालय आंगिक क्याम्पस बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन । त्यसअघि टोलीले मंगलवार मात्र सुदुरपश्चिमाञ्चल भिसि र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । यस अघि साउन २५ गते अछाम क्याम्पसको संञ्चालक समितीको बैठकले काठमाण्डौँमा जाने निर्णय गरेको थियो । अब टोली साउन १५ गतेको सिनेट बैठकबाट मात्र अछाम फर्किने बताईएको छ । अछाम क्याम्पसलाई आंगिक क्याम्पस बनाउका लागी निकै पहल भईरहेको छ ।


यतिबेला हाल अछाम बहुमुखि क्याम्पसमा ५ सय भन्दा बढी विद्यार्थि अध्ययनरत रहेका छन । ज्ञापनपत्र बुझाउने टोलीमा क्याम्पस संञ्चालक समितीका अध्यक्ष पदम बहादुर बोहरा, क्याम्पस संञ्चालक समिती सदस्य नम बहादुर शाही, लोक बहादुर बोगटी, क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, माओवादि केन्द्रका अध्यक्ष दिपक साउद, पुर्व संञ्चालक समिती अध्यक्ष पुष्प बहादुर शाह, सांसद भरत साउद, जानकी साउद, पर्व सांसद राम बहादुर विष्ट, नेता बल बहादुर कुवर, झकर साउद, लक्ष्मण शाह, एमाले युवा नेता भिम बहादुर रावल कालोटोपि, रविन्द्र शाही, गोकर्ण रावल, डिबी साउदको सहभागिता रहेको अछाम क्याम्पस सहायक क्याम्पस प्रमुख धुव्र कुमार शाहीले जानकारी दिनु भयो । हाल अछाम जिल्लामा ६ वटा क्याम्पस संञ्चालनमा रहेका छन भने अछाम जिल्लाको ओलिगाउमा रहेको मंगला नेरा उच्च मावि ओलिगाउमा व्यावसायिक शिक्षा प्राविधिक अन्र्तगत शिभिल ईञ्जीनियरिग तथा विद्या मन्दिर उच्च मावि विनायकमा प्राविधिक अन्र्तगत कृषि जेटिए कक्षा संञ्चालन हुदै आएको छ । यति हुदाहुदै पनि अछामको जिल्लाको ठुलो मात्रामा रहेको युवा पुस्ता उच्च शिक्षा हासिल गर्नका लागी जिल्ला बाहिरका क्याम्पसहरुमा नै पलायन हुने गरेको पाईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह