कमल रावल | भदौ ९, अछाम | प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | भदौ ९, अछाम | प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको "/>
२०८३, १६ जेष्ठ शनिबार
अछाम - ACM

अछाम क्याम्पसलाई सुदुरपश्चिमा आंगिक क्याम्पस बनाउन तिव्र भेटघाट

२०७३, ९ भाद्र बिहीबार ०३:२५

कमल रावल | भदौ ९, अछाम | प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सदियौ देखि पिछडिएको सुदुरपश्चिम त्यस माथी पनी अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताउनु भएको छ ।

अछाम वहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वनाउनका लागी डेलिगेसन सहित प्रधानमन्त्रि दाहाललाई भेट्न पुगेको अछामको सर्वदलिय सर्वपक्षिय टोलीसंगको भेटमा प्रधानमन्त्रि दाहालले यस्तो वताएको अछाम वहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराले टेलिफोन मार्फत जानकारी दिनु भयो । वुधवार विहान साढे ८ वजे टोलीले प्रधानमन्त्रि प्रचण्डलाई प्रधानमन्त्रि निवास वालुवाटारमा भेट गरी माग पत्र वुझाएको अध्यक्ष वोहराले जानकारी दिनु भयो । यस्तै टोलीले काँग्रस सभापती सेर वहादुर देउवालाई पनी उहाँकै निवास वुढा निलकण्ठमा भेटेर अछाम क्याम्पसलाई आंगिक क्याम्पस वनाउन सहयोग गरिदिन अपिल गरेको र जवाफमा सभापती देउले आफु यस्का लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको वताईएको छ ।

ज्ञापन पत्र बुझदै उहाँहरुले १५ गते बस्ने सिनेटबाट विश्वविद्यालय आंगिक क्याम्पस बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन । त्यसअघि टोलीले मंगलवार मात्र सुदुरपश्चिमाञ्चल भिसि र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । यस अघि साउन २५ गते अछाम क्याम्पसको संञ्चालक समितीको बैठकले काठमाण्डौँमा जाने निर्णय गरेको थियो । अब टोली साउन १५ गतेको सिनेट बैठकबाट मात्र अछाम फर्किने बताईएको छ । अछाम क्याम्पसलाई आंगिक क्याम्पस बनाउका लागी निकै पहल भईरहेको छ ।


यतिबेला हाल अछाम बहुमुखि क्याम्पसमा ५ सय भन्दा बढी विद्यार्थि अध्ययनरत रहेका छन । ज्ञापनपत्र बुझाउने टोलीमा क्याम्पस संञ्चालक समितीका अध्यक्ष पदम बहादुर बोहरा, क्याम्पस संञ्चालक समिती सदस्य नम बहादुर शाही, लोक बहादुर बोगटी, क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर, माओवादि केन्द्रका अध्यक्ष दिपक साउद, पुर्व संञ्चालक समिती अध्यक्ष पुष्प बहादुर शाह, सांसद भरत साउद, जानकी साउद, पर्व सांसद राम बहादुर विष्ट, नेता बल बहादुर कुवर, झकर साउद, लक्ष्मण शाह, एमाले युवा नेता भिम बहादुर रावल कालोटोपि, रविन्द्र शाही, गोकर्ण रावल, डिबी साउदको सहभागिता रहेको अछाम क्याम्पस सहायक क्याम्पस प्रमुख धुव्र कुमार शाहीले जानकारी दिनु भयो । हाल अछाम जिल्लामा ६ वटा क्याम्पस संञ्चालनमा रहेका छन भने अछाम जिल्लाको ओलिगाउमा रहेको मंगला नेरा उच्च मावि ओलिगाउमा व्यावसायिक शिक्षा प्राविधिक अन्र्तगत शिभिल ईञ्जीनियरिग तथा विद्या मन्दिर उच्च मावि विनायकमा प्राविधिक अन्र्तगत कृषि जेटिए कक्षा संञ्चालन हुदै आएको छ । यति हुदाहुदै पनि अछामको जिल्लाको ठुलो मात्रामा रहेको युवा पुस्ता उच्च शिक्षा हासिल गर्नका लागी जिल्ला बाहिरका क्याम्पसहरुमा नै पलायन हुने गरेको पाईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी