माघ ४, काठमाडौँ | काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । 

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । 

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स सुरु

२०७८, ४ माघ मंगलवार १०:४९

माघ ४, काठमाडौँ | काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । 

ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने व्यापार–अर्थशास्त्रका विज्ञ उत्पादन गर्न उक्त कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिनुभयो । 

नेपालमा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उहाँले विश्वका अन्य मुलुकमा पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको तथा तीमध्ये प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय, लण्डन विश्वविद्यालय र दिल्ली विश्वविद्यालयमा अध्यापन भइरहेको जानकारी दिनुभयो । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग–व्यवसाय तथा व्यापारिक निर्णयका लागि विश्लेषणात्मक क्षमतायुक्त जनशक्ति उत्पादनको लक्ष्यका साथ उक्त कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । कूल ६६ क्रेडिटको दुईवर्ष अवधिको उक्त कार्यक्रम चार सेमेष्टरको हुने तथा अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इञ्जिनियरिङ सङ्कायमा स्नातक तहमा ५० प्रतिशत वा २ जिपीएसहित उत्तीर्ण विद्यार्थी भर्नाका लागि योग्य हुने विडारीले जानकारी दिनुभयो । उक्त कार्यक्रम पूरा गर्न रु पाँच लाख ५० हजार लाग्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो