Skip to content
Friday, July 17, 2026 Nepali Online Media

माघ १५ सम्म उपत्यकामा भर्चुअल माध्यमबाट पढाइ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, काठमाडौँ | काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’सम्बन्धी अर्को आदेश जारी गरेको छ ।

मंगलबार मध्यरातिदेखि लागू हुने आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ सञ्चालन गर्ने आदेश जारी गरेको छ ।

यस्तै विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सवै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न आदेश दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन  मन्त्रिपरिषद्को पुस ३० गतेको निर्णयबाट यस्तो निर्देशन जारी गरिएको हो । यो निर्देशिका आज राति १२ बजेबाट लागु हुनेछ ।