माघ ४, चितवन | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, चितवन | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो "/>
2026-08-30 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति : उपसभापति गुरुङ

माघ ४, चितवन | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो,“सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।” निर्वाचनको विषयमा दुई चार दिनभित्रै निर्णय आउने उहाँको भनाइ छ । स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैचारीक कुरा गर्ने हो भने बहुलबादमा आधारित संसदीय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।” 

उहाँले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्छ भन्नुभयो । 

पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उहाँको भनाइ छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गर्नुभयो । “निर्वाचनमा समूह हो अब होइन” उहाँले भन्नुभयो । निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रिय सदस्य रहेको उहाँको भनाइ थियो ।   

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने