६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्। Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्।
२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन-कुन विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा लिने ?

६ माघ २०७८, बिहीबार ०७:४४

६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्।

संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् । तर टीयू, पीयू र शिक्षा मन्त्रालय पनि परीक्षा नरोक्ने पक्षमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हित हुने भएकाले परीक्षा नरोक्ने निर्णय गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने ‘अहिले कोही संक्रमित नभएको अवस्था देखिएन ।

संक्रमितमध्ये अधिकांशलाई सामान्य लक्षण मात्रै देखिएको भन्ने पनि आएको छ । त्यसैले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हितमा देखिएपछि परीक्षा नरोक्ने निर्णय गरेका हौं ।’

संक्रमितलाई छुट्टै कक्ष

संक्रमित विद्यार्थीले परीक्षा दिन चाहेमा केन्द्राध्यक्षले छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विद्यार्थीले पछि छुट्टै परीक्षा दिन पाउने व्यवस्था भने विश्वविद्यालयले आफैंले निर्णय गर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका काठमाडौं स्कुल अफ ल -केएसएल)मा पाँच वर्षे बीएएलएलबीका परीक्षार्थीहरू संक्रमितसँगै राखिएको भन्दै बुधबार आन्दोलित भए । अहिले विद्यार्थीहरु संक्रमणको उच्च जोखिम भएकाले परीक्षा स्थगित गर्न माग गरिरहेका छन् । तर त्रिवि, पीयू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय परीक्षा स्थगित गर्ने पक्षमा छैनन् ।

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहन बस्नेतले परीक्षा केन्द्रहरुलाई लक्षण देखिएका विद्यार्थीहरुलाई छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको बताए । तर केही विद्यार्थी संक्रमित भएकै कारण परीक्षा स्थगित गर्ने र संक्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने व्यवस्थाबारे कुनै पनि निर्णय नभएको बताए ।

‘हामीले परीक्षा केन्द्रहरुलाई रुघाखोकी लागेका विद्यार्थीको लागि छुट्टै कक्षमा राखेर परीक्षा गराउन निर्देशन दिएका छौं,’ उनले भने ‘तर परीक्षा स्थगित अथवा संक्रमितले पछि परीक्षा दिन पाउने भन्ने विषयमा निर्णय गरेका छैनौं । विद्यार्थीले संक्रमित भएको प्रमाण पेस गरेको अवस्थामा विश्वविद्यालयले पक्कै निर्णय गर्छ ।’

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुषालले सञ्चालन भइरहेका अथवा माघभित्रै सञ्चालन हुने परीक्षा स्थगित नहुने बताए । उनले भने ‘सामान्तया परीक्षा स्थगित हुँदैन । अहिले स्थगित हुने हो भने झन् भद्रगोल हुने अवस्था छ । त्यसैले सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन हुन्छ ।’

त्रिविले परीक्षा केन्द्रहरुलाई सामान्य संक्रमितलाई छुट्टै आइसोलेसन कक्षको व्यवस्था गर्न निर्देशन दिएको छ । गम्भीर संक्रमितलाई भने केही पछि परीक्षा दिन पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

अहिले त्रिविले चार वर्षे बीएस्सी तहको परीक्षा सञ्चालन गरिरहेको छ भने तीन वर्षे एलएलबीको परीक्षा यही माघ १० गतेदेखि गर्ने तयारी छ ।

केयूको परीक्षा स्थगित

काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए । उनले भने, ‘२ गतेदेखि हुन लागेको काठमाण्डौं युनिभर्सिटी कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेका छौं ।’

विश्वविद्यालयले लिने कुनै पनि परीक्षामा विद्यार्थी संक्रमित भएको प्रमाणपत्र पेस गरे सेमेस्टर अथवा वर्ष नगुम्ने गरी तत्काल परीक्षाको व्यवस्था गर्ने निर्णय समेत गरेको प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै