भदौ ९, नवलपरासी । नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । 

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, नवलपरासी । नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । 

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई एक करोड ८२ लाख अनुदान

९ भाद्र २०७३, बिहीबार ०७:२७

भदौ ९, नवलपरासी । नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । 

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रलाई सरकारबाट प्राप्त उक्त रकमबाट अस्पतालको चौतर्फी विकासमा खर्च गर्न लागिएको हो । 

सरकारबाट गत असार ३१ गते प्राप्त गरेको उक्त रकमबाट अस्पतालको प्राविधिक, भौतिक र गुणस्तरीय उपचार सेवातर्फ खर्च गर्न लागिएको अस्पतालका व्यवस्थापक टीकाराम लुइँटेलले बताउनुभयो । 

अस्पतालको भवन निर्माणका लागि रु एक करोड २० लाख, उपकरण खरिदका लगि रु ५० लाख, अस्पतालको फर्निचरका लागि रु १२ लाख १२ हजार रकम विनियोजन गरिएको छ । 

सरकारबाट प्राप्त अनुदान अस्पतालको भौतिक संरचना निर्माण, उपकरण खरिद र आन्तरिक व्यवस्थापनका लागि खर्च गर्न रकम विनियोजन गरिएको केन्द्रका अध्यक्ष निमानन्द न्यौपानेले बताउनुभयो । 

त्यसैगरी अस्पताल विकास केन्द्रलाई वैकल्पिक सौर्य ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त रु ४५ लाख अनुदानबाट अस्पतालमा सोलार जोड्ने काम सुरु भएको छ । अस्पताललाई तत्काल आवश्यक पर्ने १८ केवीको सौर्य ऊर्जा जडान गर्न काम सुरु गरिएकाले जसबाट बिरामीका लागि थप राहत मिल्ने अस्पतालका अध्यक्ष न्यौपानेले बताउनुभयो । 

चौपत्तामा रहेको सो अस्पताल अहिले १५ स्ययाको मात्र रहेको छ । व्यवस्थापन कार्यालयसहित तीनवटा भवनबाट अस्पतालले आकस्मिक सेवा, ओपिडी सेवा र फार्मेसी सेवालगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ । 

अस्पतालमा नवलपरासीको १४ गाविससहित सीमावर्ती भारतीय बिरामी सेवा लिन आउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ