भदौ ९, भक्तपुर भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, भक्तपुर भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलम"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

अपडेट : जन्ती बोकेको बस दुर्घटना हुँदा ४८ घाइते, चार गम्भीर

९ भाद्र २०७३, बिहीबार १०:५८

भदौ ९, भक्तपुर भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर कोटेश्वर जाँदै गरेको बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । 

बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक सडकखण्डअन्तर्गत सुडाल जितपुरमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइते हुनेहरुमध्ये २१ जनाको मध्यपुर अस्पताल थिमि, २५ जना भक्तपुर अस्पताल, दुईजनाको अर्थोपेडिक जोरपाटीमा उपचार भइरहेको छ । चार गम्भीर घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । 

छब्बीस सिट क्षमताको बसले ६० जना यात्रु बोकेको बताइन्छ । बस तीव्रगति रहेका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बसमा सवार यात्रुका अनुसार बस अनियन्त्रित भई घुम्तीबाट खसेको हो । 

चालक दोलखा घर भई जडीबुटी बस्ने रामकुमार भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रवन्धु थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने