२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम

१० माघ २०७८, सोमबार ०९:५६

माघ १०, हेटौँडा | वागमती प्रदेश सरकारले आफ्नो साझा कार्यक्रमअन्तर्गत ‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गरिरहेको  छ । पशुपक्षी तथा मत्स्यमा लाग्ने रोग अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलनका लागि प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मातहतका कार्यालयमा उक्त कार्यक्रम संचालन गरिएको जनाएको हो ।

पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि सम्बन्धित स्थानीय तहसगँ समन्वय गरी  प्रस्ताव तयार गर्न मन्त्रालयले आफ्ना मातहतका कार्यालयलाई परिपत्र गरिसकेको सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक हुनुपर्ने, पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि वडाको आफ्नै जमिन हुनुपर्ने, पशुपन्छी पालनको घनत्व भएको क्षेत्र आदिको आधारमा वडा कार्यालयहरुबाट प्रस्ताव आउनुपर्ने गरी  मातहतका कार्यालयहरुलाई निर्देशनसमेत दिइएको छ ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले यस कार्यक्रमवाट स्थानीय तहको वडासम्मै नै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग मिल्ने बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकहरु बीच दूरी कम गर्न पनि कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिरसमेत गर्नुभयो ।

मन्त्रालयले गत पुस १४ गते प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणका लागि ५१ बुँदे मार्गचित्र सार्वजनिक गरेको थियो । सो मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसगँको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ