२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

११ माघ २०७८, मंगलवार ११:२२

माघ ११, गण्डकी | जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश उपसभामुखका स्वकीयसचिव प्रकाश शर्माले आफ्नो ३० औँ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ विद्यार्थीलाई रु ३५ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

पोखरा महानगरपालिका–९ स्थित नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपी, कलम, मास्कलगायत सामग्री वितरण गरिएको थियो । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरेर जन्मोत्सव मनाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यको युवा वर्गले अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समारोहमा स्वकीयसचिव शर्माले आफ्नो जन्मदिन अवसरमा विगत १० वर्षदेखि आफूले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरिब एवं विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । अपाङ्गता भएका विद्यार्थी भाइबहिनीले आफूलाई कमजोर महसुस नगरीकन शिक्षामा अब्बल हुनुपर्नेमा जोड दिँदै उहाँले पठनपाठनमा कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्थामार्पmत अपाङ्गता भएका २७६ बालबालिका विभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवं निजामती सेवामा प्रवेश गरेको जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी गोपि तुलाचन, सुदर्शन कोइराला, प्रेमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठलगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह