१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रजिअ र प्रहरीप्रमुख नै खटिए सुरक्षामा

१२ माघ २०७८, बुधबार ०७:३०

माघ १२, हेटौँडा | हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरीप्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गरुङ खटिनुभएको छ । वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ ।

मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ । मतदानस्थल, मतदान केन्द्रबाहिर र मतदान आसपासको १०० मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ३०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीप्रमुख गुरुङले बताउनुभयो ।

प्रहरीप्रमुख गुरुङको नेतृत्वमा जनपद तथा ट्राफिक प्रहरीसमेत १८० र सशस्त्र प्रहरी १४ नं गण हेटौँडाका प्रहरी उपरीक्षक  नेतृत्वमा ६० सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।  

प्रदेशसभा सदस्य र जनप्रतिनिधिलाई मतदानका लागि छुट्टै केन्द्र तथा मतपत्रको व्यवस्था गरिएको छ । समाचार सङ्कलनमा रहेका सञ्चारकर्मीलाई आलोपालो गरेर प्रवेश गर्न दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार