२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ वर्षको उमेरमा विमानबाट एक्लै विश्व घुमेर कीर्तिमान राख्ने यी पाइलट

१२ माघ २०७८, बुधबार १०:३६

एजेन्सी | १९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् ।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिना पछि आफ्नो यात्रा पुरा गरेकी हुन् । उनको विमान आफ्नो लक्ष्य पुरा गरेर बेल्जियमको कान्ट्रिज्कम भेभेलगेम अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्न सफल भएको छ ।

सुपरलाईट विमानबाट पुरा गरिएको यो यात्रामा उनी एक महिनासम्म अलास्काको नोममा र ४१ दिन सम्म रुसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि रोकिएकी थिइन् ।

फर्किएपछि गरियो जोडदार स्वागतः

बेल्जियम फर्किएपछि उनको परिवार, पत्रकार र समर्थकले उनलाई विमानस्थलमै जोडदार स्वागत गरेका थिए । उनको विमानका साथै बेल्जियमको रेड डेभिल्स एरोब्याटिक डिस्प्ले टोलीका ४ विमान पनि त्यहाँ अवतरण भए ।

विमानबाट ओर्लिएपछि उनले स्वयंलाई बेलायत र बेल्जियमको झण्डामा बेह्रेकी थिइन् । पत्रकारसँग उनले भनिन्, ‘यो अनुभव पागल बनाउने किसिमको थियो । मलाई विश्वास नै लागिरहेको छैन ।’ 

५१ हजार किलोमिटर विमान उडाउने चुनौती पुरा गरेर आफू व्यापक खुसी भएको उनले बताइन् ।

आफ्नो यात्राबारे जानकारी दिँदै उनले भनिन्, ‘भ्रमणका बेला सबैभन्दा गाह्रो साइबेरियामा भएको थियो । त्यहाँ असाध्यै चिसो थियो । त्यहाँ यदि इञ्जिन बन्द भएको भए बाँच्न धेरै नै कठिन हुने थियो । म मानिसलाई आफ्नो अनुभव बताउन चाहन्छु । साथै, मानिसहरुलाई रोमाञ्चक काम गर्नका लागि प्रोत्साहित गर्न म चाहन्छु ।’

जाराले थपिन्, ‘तपाईंसँग मौका छ भने यस्तो पक्कै पनि गर्नुहोस् ।’

अल्ट्रालाइट विमानबाट संसार घुम्ने पहिलो महिलाः

अघिल्लो वर्ष १८ अगस्टमा सुरु भएको आफ्नो यात्रामा उनले पाँच महाद्वीपका ६० भन्दा बढी स्थानमा पाइला टेकिन् । 

ब्रिटिश बेल्जियम पृष्ठभूमिकी जारा रदरफोर्डका आमाबुवा दुबै पाइलट हुन् । उनका अनुसार उनी अन्य महिलालाई एसटीईएम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र गणित) को क्षेत्रमा अघि बढ्नका लागि प्रोत्साहित गर्न चाहने उनले बताइन् । बीबीसी |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ