२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ वर्षको उमेरमा विमानबाट एक्लै विश्व घुमेर कीर्तिमान राख्ने यी पाइलट

२०७८, १२ माघ बुधबार १०:३६

एजेन्सी | १९ वर्षकी एक महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर पुरै विश्व घुमेकी छिन् । यसरी विश्वको यात्रा गर्ने उनी सबैभन्दा कान्छी महिला बनेकी छिन् ।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समय भन्दा दुई महिना पछि आफ्नो यात्रा पुरा गरेकी हुन् । उनको विमान आफ्नो लक्ष्य पुरा गरेर बेल्जियमको कान्ट्रिज्कम भेभेलगेम अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्न सफल भएको छ ।

सुपरलाईट विमानबाट पुरा गरिएको यो यात्रामा उनी एक महिनासम्म अलास्काको नोममा र ४१ दिन सम्म रुसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि रोकिएकी थिइन् ।

फर्किएपछि गरियो जोडदार स्वागतः

बेल्जियम फर्किएपछि उनको परिवार, पत्रकार र समर्थकले उनलाई विमानस्थलमै जोडदार स्वागत गरेका थिए । उनको विमानका साथै बेल्जियमको रेड डेभिल्स एरोब्याटिक डिस्प्ले टोलीका ४ विमान पनि त्यहाँ अवतरण भए ।

विमानबाट ओर्लिएपछि उनले स्वयंलाई बेलायत र बेल्जियमको झण्डामा बेह्रेकी थिइन् । पत्रकारसँग उनले भनिन्, ‘यो अनुभव पागल बनाउने किसिमको थियो । मलाई विश्वास नै लागिरहेको छैन ।’ 

५१ हजार किलोमिटर विमान उडाउने चुनौती पुरा गरेर आफू व्यापक खुसी भएको उनले बताइन् ।

आफ्नो यात्राबारे जानकारी दिँदै उनले भनिन्, ‘भ्रमणका बेला सबैभन्दा गाह्रो साइबेरियामा भएको थियो । त्यहाँ असाध्यै चिसो थियो । त्यहाँ यदि इञ्जिन बन्द भएको भए बाँच्न धेरै नै कठिन हुने थियो । म मानिसलाई आफ्नो अनुभव बताउन चाहन्छु । साथै, मानिसहरुलाई रोमाञ्चक काम गर्नका लागि प्रोत्साहित गर्न म चाहन्छु ।’

जाराले थपिन्, ‘तपाईंसँग मौका छ भने यस्तो पक्कै पनि गर्नुहोस् ।’

अल्ट्रालाइट विमानबाट संसार घुम्ने पहिलो महिलाः

अघिल्लो वर्ष १८ अगस्टमा सुरु भएको आफ्नो यात्रामा उनले पाँच महाद्वीपका ६० भन्दा बढी स्थानमा पाइला टेकिन् । 

ब्रिटिश बेल्जियम पृष्ठभूमिकी जारा रदरफोर्डका आमाबुवा दुबै पाइलट हुन् । उनका अनुसार उनी अन्य महिलालाई एसटीईएम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र गणित) को क्षेत्रमा अघि बढ्नका लागि प्रोत्साहित गर्न चाहने उनले बताइन् । बीबीसी |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह