Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको दाबी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १४, काठमाडौँ | एजेन्सी | </b>मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् ।&nbsp;<br></p><p>यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरू भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका थिए । ग्रहको वायुमण्डल पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो । मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र ‘फँसेको’ थियो ।&nbsp;&nbsp;</p><p>मंगल ग्रहको व्यास चार हजार २२० माइल्स (६,७९१ किलोमिटर) छ । जबकी पृथ्वीको व्यास सात हजार ९२६ माइल्स (१२ हजार ७५५ किलोमिटर) छ ।&nbsp; नासाको मार्स रिकोननाइसेन्स अर्बिटर (एनआरओ) अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्तित्व रहेको संकेत गर्छ ।&nbsp;</p>