2026-10-27 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इ-पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै यसरी पाइन्छ

माघ १७, काठमाडौँ । तपाईँ ई-पासपोर्ट अथवा विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ ? पासपोर्ट बनाउनको लागि अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । 

राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको छ ।

यदी तपाईंले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गर्नुभएको छ र राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नगरेको कारण आफ्नो काम रोक्नुभएको छ भने एसएमएस सेवा लिन सक्नुहुन्छ । एसएमएस सेवा लिनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गई N १६ अङ्कको आवेदन नम्बर टाइप गरी 30001 मा म्यासेज गर्नसक्नुहुन्छ । उदाहरणका लागि तपाइको आवेदन नम्वर 1616161616161616 छ भने N 1616161616161616  टाइप गरी 30001 मा म्यासेज गर्नुपर्छ ।

तपाइले म्यासेज गरेपछि तपैले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलमै प्राप्त गर्न सक्नुहुन्छ । यदी नम्बर प्राप्त नभएमा एकपटक आफूले हानेको नम्बर पुन: चेक गर्नुपर्छ । सबै कुरा ठिक हानेको छ तर पनि आफ्नो परिचय पत्र प्राप्त नभएमा विभागको ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुपर्छ । जसको लागि बागमती र गण्डकी प्रदेशका नागरिकहरुले ९८५१३१६०३४, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुले ९८५१३१६०३५ मा आफ्नो कन्फर्मेसन पेज, रसिद वा म्यासेज गर्दा पाएको रेस्पोन्सको स्क्रिन शट पठाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने