2026-08-30 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भत्काइए सडक क्षेत्रका ३६ घरटहरा

माघ १९, कर्णाली | सुर्खेतको पर्यटकीय महत्वको मङ्गलगढी–कांक्रेविहार सडकको स्तरोन्नति सुरु गरिएको छ । स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य थालिएसँगै सडक क्षेत्रभित्रका ३६ घरटहराहरू भत्काइएका छन् ।

वीरेन्द्रनगर–९ का वडाध्यक्षसुरेश मानन्धरले सडक क्षेत्रभित्रको मापदण्डमा पर्ने आंशिक र पूर्ण गरी ३६ घर भत्काइएको बताउनुभयो । वडा कार्यालयको समन्वयपछि स्थानीयले सडक विस्तारका लागि घर भत्काउन सहमति दिएको उहाँको भनाइ छ । घर भत्काइएपछि निर्माण कम्पनीले सडक फराकिलो पार्न तथा नाला बनाउन थालिएको छ । त्यस्तै, विद्युत्का पोलहरू पनि सार्न थालिएको छ । 

कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको यो सडक चालू आवमा ग्राभेल मात्र गर्ने योजना छ । सडक पूर्वाधार निर्देशनालयका अनुसार २५ मिटर चौडाई, दुई मिटर फुटपाथ क्षेत्र बनाइनेछ । १८ महिनाभित्र काम सक्ने गरी रु १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो । कम्पनीलाई विसं २०८० असार १५ गतेभित्र सडक स्तरोन्नति गरिसक्नुपर्ने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने