जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख "/>

2026-10-26 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन आक्रमण ‘दुखद गणना’ हुनेछ- प्रधानमन्त्री जोनसन

माघ २०, काठमाडौँ | बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो “दु:खद गलत गणना” हुने बताउँनु भएको छ।

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै नेताहरू सहमति जनाएका थिए कि उत्तेजना कसैको हितमा छैन भन्ने उल्लेख गरिएको छ ।

जोनसनले युक्रेनले चाहेको खण्डमा नाटोको “रक्षात्मक गठबन्धन” मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा कीभलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि चेतावनी दिँदै कीभको भ्रमण सीमामा रुसी सेनाले युक्रेनको लागि “स्पष्ट र वर्तमान खतरा” को प्रतिनिधित्व गरेको छ, अल जजीराले  जनाएको छ।

यसैबीच, रूसी अधिकारीहरूले उनीहरूको चिन्ताको लागि नाटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गर्नुभएको छ।

युक्रेनलाई लिएर रुस र पश्चिम बीचको तनाव  निर्माण भइरहेको छ, पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।

रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताउँनुभएको छ। रूसले भने युक्रेनलाई NATO मा सामेल हुन नदिने र पूर्व-सोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारको बिरूद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृङ्खलाको माग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने